पाल्पा – सिद्धबावा क्षेत्रमा निर्माणधीन सुरूङ मार्गको ढोकामा पहिरोले क्षति पु¥याएको छ । केही दिनअघिदेखि परेको वर्षात्ले माथिबाट पहिरो खस्दा सुरुङ् मार्गको दुबैतर्फ निर्माण गरिएको ढोकामा क्षति पुगेको हो ।
सुरुङ् मार्गको माथिल्लो भाग रामापिथेकस नजिकैको निर्माण भइरहेको ढोकामा पहिरोले क्षति पु¥याएको निर्माण पक्षले जनाएको छ । गेट ५० मिटर माथिबाट ठूलो चट्टानसहित पहिरो खसेर ढोकालाई क्षति पु¥याएको आयोजनाका इन्जिनियर युधिष्थिर पन्थीले जानकारी दिनुभयो । यो भागमा निर्माण व्यवसायीले टनेलको ढोका निर्माण गरिसकेको थियो ।
सुरुङ् तल्लो भाग सिद्धबावा मन्दिर नजिकै बनेको सुरुङ् मार्गको ढोकासमेत पहिरोले बगाउँदा तीन महिनाको लगानी खेर गएको छ । वर्षात्को समयमा पनि चिनियाँ कम्पनीले सिद्धबावा सुरुङ् मार्गको काम गरिरहेको थियो । वर्षात्को समयमा उक्त क्षेत्र पहिरोको अन्यन्तै जोखिमयुक्त क्षेत्र भएकाले मेसिनले थर्काएको जमिन पहिरोको रुपमा खसेको सिद्धार्थ सुरुङ् मार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो ।
टनेलको काम गर्दा जमिन थर्किएको हुनाले पहिरो खसेर ढोकामा क्षति पु¥यायो ।’ क्षतिग्रस्त सुरुङ् मार्गको ढोका पुन निर्माण गरेर अघि बढ्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको जैसवालले बताउनुभयो ।
पहिरो जान सक्ने क्षेत्रभएकाले यो समयमा काम नगर्न भनेपनि व्यवसायीले कामलाई निरन्तरता दिँदा समस्या भएको उहाँले बताउनुभयो । सुरुङ् मार्गको आकार लिइसकेको ढोका पहिरोले बगाएपछि निर्माणमा ढिलाई हुने आशंका गरिएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ् मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको थियो । सुरुङ् मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १३, २०८० १५:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय