पाल्पा - तानसेनस्थित नारायणस्थान मन्दिरका पुजारीलाई अभद्र व्यवहार गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन–१, का २८ वर्षीय शिशिर बराली रहेका छन् ।
दुई दिनअघि मन्दिरका पुजारी फणिराज लम्सालले पुजा गरिरहेका बेला मन्दिरभित्र जबर्जस्ती प्रवेश गर्न खोजेको र पुजारीलाई कुटपिट गरेको भन्दै प्रहरीले बरालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय