Erani Mahal
पाल्पाका औषधि पसलमा अनुगमन : केहीले मापदण्ड पूरा गरेनन्
bazar pasal anugaman
पाल्पा - जिल्ला सदरमुकाम तानसेनका औषधि पसल मापदण्ड पूरा नगरी सञ्चालन भएको पाइएको छ । तानसेनमा सञ्चाचित औषधि पसलहरूकाे अनुगमनका क्रममा मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएकाे छ । साेमबार जिल्ला प्रशासन कार्यालय पाल्पाले गरेको अनुगमनमा केही पसलले म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएको छ । तानसेनका २० वटा औषधि पसलहरूमा गरिएको अनुगमनमा दुई वटा पसलले म्याद जुग्रेका औषधि बिक्री गरेको पाइएको प्रशासनका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले जानकारी दिनुभयाे । यस्तै औषधि पसलले दर्ता नगरी प्रयोगशाखा समेत सञ्चालन गरेका छन् । आवश्यक मापदण्ड पूरा गरेर मात्र प्रयोगशाखा सञ्चालन गर्नुपर्नेमा औषधि पसलहरूले दर्ता नगरी प्रयोगशाला सञ्चालन गरेको पाइएको पन्थीले जानकारी दिनुभयो । म्याद गुज्रेका सामान बरामद गरिएकाे छ भने दर्ता नभई सञ्चालन गरेका प्रयोगशाखा तत्काल बन्द गर्न निर्देशन गरिएको उहाँले बताउनुभयो । केही अकुपंचर क्लिनिकको समेत समस्या रहेको उहाँले बताउनुभयो । अकुपंचर सेवा दिइएको पाइएपनि दर्ता र नविकरणबारे ति पसलले अनविज्ञता प्रकट गरेको उहाँले बताउनुभयो । केही औषधि पसलले चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्न सकिने औषधि रेकर्ड नराखी बिक्री गरेको पाइएको छ । औषधिको प्रिस्किप्सन लेखेर मात्र औषधि दिनुपर्नेमा रेकर्ड नराखेको भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो । अनुगमन गरिएकामध्ये केही औषधि पसलले प्रिस्किप्सन लेखेर मात्र औषधि दिनुपर्नेमा त्यस्ताे नगरेकाे पाइएकाे न्याैपानेले बताउनुभयाे । केही महिनाअघि औषधि व्यवस्था विभागले समेत अनुगमन गरेकाे थियाे । तर जिल्लाका सराेकारवाला कसैलाइ पनि जानकारी दिइएकाे थिएन । सुटुक्क गरिने अनुगमनले औषधि पसलहरूकाे मनाेमानी बढेकाे बताइएकाे छ ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update