पाल्पा, ६ साउन । कालीगण्डकी नदीमा माछा मार्न गएका एक युवकको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका २ रानिबास निवासी २६ वर्षीय कोपिल पाँडे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
उनी रम्भा गाउँपालिका १ छापस्थित दल बहादुर पाण्डेको घरमा आफ्नै आमा सँग बस्दै आएका थिए । शुक्रबार अन्दाजी १२ बजे आफु बस्ने घरदेखि १ किमी टाढा रहेको कालीगण्डकी नदीमा माछा मार्न गएका उनको माछा मार्न प्रयोग गरिने जालमा फसी पानीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीले मृत्युको शव पोष्टमार्टको लागि रामपुर अस्पताल पठाएको र घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ६, २०८० १२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय