Erani Mahal
दैनिक जीवनका ८ गल्ती, जसले  तपाइलाइ कब्जियत गराउँछ
kabjiyat
पाल्पा - कब्जियतले समस्या नभोग्ने मानिस सायदै होलान् । सामान्यतया हप्तामा कम्तीमा तीन-चार पटकभन्दा कम दिसा हुने वा दिसा हुन गाह्रो हुने अवस्थालाई कब्जियत भनिन्छ । दिसा हुँदा दुख्ने, दिसा ढिलो हुने, दिसा गर्दा बढी समय लाग्ने समस्या कब्जियतका कारण हुन्छ । यस्तो समस्या आउनुमा हाम्रो दैनिक जीवनशैलीमा गर्ने केही गल्ती जिम्मेवार हुन्छन् । अनियमित खानपान गर्नु आजभोलिको व्यस्त जीवनशैलीका कारण खानपानको तालिका नियमित छैन । कहिले दिनको एक छाकत कहिले एकैदिन चार-पाँच छाक हेभी डाइट खानेकुरा खाँदा पाचन प्रक्रियामा गडबडी हुन्छ । व्यायाम नगर्नु अहिले धेरै व्यक्ति व्यायाम गर्न अल्छी मान्छन् । सकेसम्म शारीरिक गतिविधि गर्ने नपरे हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ । त्यस्ता व्यक्ति खानेबित्तिकै सुत्ने गर्छन् । जसले पाचन प्रणालीका मांसपेशीलाई कमजोर बनाउँछ र खाएको ठोस खानेकुरालाई सहज रुपमा पचाउन सक्दैन । यस्तो समस्या लामो समय कुर्सीमा बसेर काम गर्ने र एकै ठाउँ निष्क्रिय भएर बसिरहनेलाई हुन सक्छ । असन्तुलित ढंगले खाना खानु हामीले दैनिक खाने खानामा विविधता ल्याउँदैनौं । त्यसमा पनि तरकारी भन्दा भात धेरै खाने हाम्रो बानी छ । भातमा कार्बोहाइडेट बढी हुन्छ, जुन पच्न समय लाग्छ । भुटेको परिकारले जिब्रोलाई लोभ्याउँछ तर यसरी भुटेको खानेकुरामा जुन पौष्टिक तत्व हुनुपर्ने हो, त्यो नष्ट हुन्छ । त्यति मात्र होइन, उक्त खानेकुरामा टक्सिनको मात्रा बढ्छ । यससँगै जिब्रोको स्वादको लागि पिरो खानेकुरा पनि बढी खाने गरिन्छ, जुन कब्जियत गराउने मुख्य कारक हुन् । यी खानेकुराले पाचन प्रक्रियालाई असर गर्छ । धुम्रपान र मध्यपान गर्नु धुम्रपान र मध्यपान सेवनले अन्य खानेकुराको भोक जगाउँदैन । जसकारण फाइबर जस्ता खानेकुरा खान मन लाग्दैन । यस्ता चीजको लत बसे फोक्सो र शरीरका विभिन्न अंग बिगार्न सक्छ । जसले पाचन प्रक्रियादेखि अरु कमजोर पार्छ । पानी नपिउनु शरीरका लागि पानीको मात्रा धेरै हुनुपर्छ तर दिनभर पानी नपिई बस्ने धेरैको बानी छ । पानीले शरीरभित्र जमेर बसेका फोहोर तत्व बाहिर निकाल्ने, पोषण तत्व रगतमा पुर्‍याउने र शरीरमा भएको विजातीय तत्व बाहिर निकाल्ने भूमिका पानीले खेल्छ । तर कामको व्यस्तता वा अन्य कारणले दिनभरि पानी सेवन गर्दैनन् । यसले शरीरमा डिहाइड्रेसन हुन सक्छ । त्यसैले दिनमा तीन-चार लिटर वा १०–११ गिलास पानी खानुपर्छ । रेडिमेड फास्टफुड खानु अहिले बिहान ब्रेकफास्ट नै रेडिमेड खानाबाट सुरु हुन्छ । यस्ता खानेकुरामा केमिकल धेरै मिसाइने भएकाले फ्याट र सुगरको मात्रा अत्यधिक हुन्छ । बिस्कुट, दालमोठ, चाउचाउ, ब्रेड जस्ता खानेकुरा मैदाबाट बनेका हुन्छन् । जसमा फाइबरको मात्रा न्यून हुने भएकाले चाँडै पच्दैन, अनि पेटमा फोहोर जम्दै जान्छ । खराब खानपान गर्नु हामी एकैचोटि धेरै परिकार बनाएर खान्छौं, जुन गलत हो । माछामासु, दूध, दही, मिठाई, फलफूल एकैपटक खान्छौं । यी सबै परिकारमा आ–आफ्नै पौष्टिक तत्व हुन्छ, जो शरीरका लागि आवश्यक पनि हुन्छ । यद्यपि सबै खानेकुरा एकसाथ मिसाएर सेवन गर्दा पोषक तत्व बढी भएर पचाउन गाह्रो हुन्छ । त्यस्ता खानेकुरा एकसाथ सेवन गर्नु पाचन प्रणालीको लागि एकदमै घातक हुन्छ । फाइबरयुक्त खानेकुरा नखानु दैनिक खानपानमा फाइबरयुक्त परिकारको कमी भइरहेको छ । सामान्यत दैनिक खाने कुरामा खासै यसको महत्व दिंइँदैन । यसले गर्दा मानिसले दैनिक खाएको खान पचाउन गाह्रो हुन्छ । यदि फाइबरयुक्त खानाले ब्रसको काम गर्छ । जस्तै, सागसब्जी फलफूल सलादमा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसले दिसा सहज बनाउन सहयोग गर्छ । (आयुर्वेदिक चिकित्सक भण्डारीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update