Erani Mahal
पाल्पामा बाँदरका लागि राखिएकाे धरापमा परी दुई महिला गम्भीर घाइते
bidhut
पाल्पा – तानसेन–७, लामीडाँडामा मकै जोगाउन थापिएको विद्युतीय धरापमा परी दुई जना महिला गम्भीर घाइते भएका छन् । मकै जोगाउन बाँदरलाइ स्थानीय सोम आलेको बारीमा थापिएको विद्युतीय धरापमा परी दुई जना महिला घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय ३१ वर्षकी विजिता आले र ३८ वर्षकी तिलु थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो । बुधबार दिउँशो पौने ४ बजेतिर बारीमा घाँस काट्न जाने क्रममा उनीहरू धरापमा परेको उहाँले बताउनुभयो । घाइते दुबैको अवस्था गम्भीर रहेको र हाल लुम्विनी मेडिकल कलेज प्रभासमा उपभार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनि थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update