Erani Mahal
पाण्डेयकाे सम्झनामा स्मृति कोष स्थापना
pandya 21689689470
पाल्पा - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका अध्यक्ष खिमानन्द पाण्डे (कमल)को सम्झनामा स्मृति कोष स्थापना गरिएकाे छ । असार २२ गते हृदयघातका कारण निधन भएका ५२ वर्षीय पाण्डेको सम्झनामा परिवारले स्मृति कोष स्थापना गर्ने घोषणा गरेको हो । परिवारले १२ औं दिनको पुण्य तिथीमा स्मृति कोष स्थापना गर्ने घोषणा गरेको समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले जानकारी दिनुभएकाे छ । स्मृति कोषबाट विभिन्न सामाजिक कामहरु गरिने स्वर्गीय पाण्डेका छोरा शंकर पाण्डेले बताउनुभयाे । बुवाको सामाजिक क्षेत्रमा समर्पित हुँदा हुँदै निधन भएकाले सामाजिक क्षेत्रमै काम गर्ने गरी स्मृति कोष स्थापना गरिने उहाँले जानकारी दिनुभयाे । पाण्डेको सम्झनामा वृक्षारोपण समेत गरिएकाे छ । समाजवादीका नेताहरुले उहाँकाे सम्भनामा बृक्षाराेपण गरिएकाे हाे । परिवारसँगै पूर्व मन्त्री एवं एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेयसहितका नेताहरुले वृक्षारोपण सहभागी हुनुभएकाे थियाे ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update