तानसेन – तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले सकेसम्म तीनदेखि छ महिनाभित्रै नयाँ समिति बनाउने र खानेपानीको समस्याको निकास दिने जनाएको छ । आइतबार तानसेनमा पत्रकार सम्मेलन गरेर तदर्थ समितिले आफूहरूलाई नगरपालिका र उपभोक्ताको भेलाले जे म्याण्डेड दिएको हो, सोही अनुसार काममा लागेको जनाएको छ ।
समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले भन्नुभयो, सकेसम्म तीन/चार महिनाभित्र नयाँ समिति आउने गरी निर्वाचन प्रक्रिया अगाडि बढाउँछौँ, त्यसका लागि तयारी भइरहेको छ । यो बीचमा तानसेनका उपभोक्ताले खानेपानी सहज रुपमा वितरण गर्ने हाम्रो प्रयास रहेकोछ उहाँले थप्नुभयो । यो पदमा बसिरहने हाम्रो (तदर्थ समिति)को कुनै मनसाय छैन, परिस्थितिले हाम्रो काँधमा उपभोक्ता समितिलाई बैध बनाउने र खानेपानीको व्यवस्थापन केही न केही सहज बनाउने जिम्मेवारी आइप¥यो, त्यसलाई पूरा गर्नेछौँ ।
तदर्थ समितिले पदबहाली गरेपछि खानेपानी व्यवस्थापन सुधार, कार्यालयका कर्मचारीबारे बुझ्ने, मुल तथा वितरण प्रणाली अनुगमन गर्ने काम सकिएको जनाएको छ । यसबाट कसरी अगाडि बढ्न सकिन्छ भन्ने सबै बुझेर सकिएको उहाँले बताउनुभयो । हामीले काम सुरुगरेपछि खानेपानीको अवस्थाको बारेमा बुझेको बस्तुस्थितिपत्र पत्रकारमाझ सार्वजनिक गरेका छौँ अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँले केही सुधारको काम समेत सुरु भइसकेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० २१:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय