पाल्पा – जिल्लाको तानसेनमा रहेको तानसेन खानेपानीको कार्यालयमा लागेको ताला आइतवार सर्वपक्षीय रोहवरमा फोरिएको छ । तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले वडाका जनप्रतिनिधि, पत्रकार, उपभोक्ता, प्रहरी लगायतको उपस्थितिमा ताला फोरिएको छ । समितिले ताला फोरेर मुचुल्का तयारी गरी आइतवार देखि कार्यालय सुचारु गर्ने जनाएको छ ।
डा. पुरनमान बज्राचार्यको अध्यक्षातामा रहेको पुरानो समितिलाई विघटन गरी असार २१ गते तानसेन नगरपालिकाले मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । गठित तदर्थ समितिले पुरानो विघटित समितिसँग पटक–पटक बरवुजारत गरी साँचो बुुझाउन आग्रह गर्दै आएकोमा साँचो नबुुझाई मुद्दा मामलामा लागेको थियो ।
उपभोक्ताको चाहना अनुसार काम गर्न ढिलो भए पछि ताला फोर्न बाध्य भएको तदर्थ समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमा सार्वजनिक समेत गर्नुभएको छ । उहाँले आफ्नो प्राथमिकता पाल्पाका उपभोक्ताको घरमा पानी पुर्याउने र समयमै निर्वाचन सम्पन्न गर्नु नै रहेकोले सबैको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० २०:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय