Erani Mahal
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पामा नयाँ नेतृत्व
hotel1689311313
पाल्पा – होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । नवनिर्वाचित नयाँ नेतृत्वलाई पद हस्तान्तरण तथा सपथ ग्रहण समेत गराइएको छ । संघको चौथो साधारण सभा एवं दोस्रो अधिवेशनवाट नवनिर्वाचित कार्यसमितिलाई एक औपचारिक कार्यक्रमका बिच तानसेनमा पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो । संघको अध्यक्षमा लक्ष्मण बस्याल, वरिष्ठ उपाध्यक्षमा अशोक थापा, उपाध्यक्षमा शुसिल नेपाल, महिला उपाध्यक्षमा रञ्जना अर्याल, महासचिवमा जयराम सापकोटा, सचिवमा धिरेन्द्र प्रधान, कोषाध्यक्षमा अमन श्रेष्ठ र सह कोषाध्यक्षमा मुकेश जिसी, सदस्यहरुमा मणिकान्त न्यौपाने, अशोक महर्जन, रविन्द्र बज्राचार्य, श्रवण कुमार श्रेष्ठ, शोभा भट्टराई, राम प्रसाद खनाल, टंकनाथ घिमिरे, माधवप्रसाद पाण्डे, विष्णु अधिकारी र कमलप्रसाद पाण्डेलाई पुरानो नेतृत्वले पद हस्तान्तरण गरेको हो । [caption id="attachment_31839" align="alignnone" width="768"] निर्वाचन अधिकृत शिवप्रसाद देवकोटाले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । निवर्तमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठले नवनिर्वाचित अध्यक्ष लक्ष्मण बस्याललाई संस्थाको माइन्यूट हस्तान्तरण गरेका थिए । पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जिल्लाका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुको हकहितमा शसक्त ढंगले लाग्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले तानसेनमा पर्यटन भिर्याउने कार्यमा होटल व्यवसायी संघसँग नगर सरकारले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पर्यटन क्षेत्रको विकास भए मात्र देशमा आर्थिक समृद्धि हुने भएकाले पर्यटन विकासमा निजी क्षेत्रसँग सरकारले समन्वय गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, मदिरा व्यवसाय संघका अध्यक्ष लक्ष्मण रेग्मी, होटल व्यवसायी समितिका निर्वाचन आयुक्त शिवप्रसाद देवकोटा लगायतले तानसेनलाई चलायमान बनाउन आन्तरिक तथा बाÞय पर्यटकहरु धेरै भन्दा धेरै भित्र्याउन आवश्यक रहेको बताउनुभयो । संघका निवर्तमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षता, महिला उपाध्यक्ष रञ्जना अर्यालको स्वागत, वरिष्ठ उपाध्यक्ष अशोक थापाको धन्यवाद र संघका महासचिव जयराम सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update