Erani Mahal
सौभाग्य माविको नयाँ व्यवस्थापनसँगै शैक्षिक नतिजामा सुधार
Sau (1)
पाल्पा– जिल्लाको माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीको शौभाग्य माध्यमिक विद्यालयको नतिजा पालिकामै उत्कृष्ठ आएको छ । पालिकाकै एकमात्रै प्राविधिक विषयमा अध्ययापन गर्ने विद्यालयमा नयाँ व्यवस्थापनसँगै शैक्षिक नतिजामा सुधार भएको हो । सौभाग्य माविमा यस वर्षको एसइईमा साधारणतर्फ ३६ जना र प्राविधिकतर्फ १६ जना गरी ५२ जना विद्यार्थीहरु सहभागि भएकोमा प्राविधिक तर्फ ३.८४ अंक सहित इस्मान सिंजाली पालिका प्रथम सहित ५२ जना विद्यार्थीहरु सफल भएका छन् । यस्तै अन्य विद्यार्थीहरुले समेत उत्कृष्ठ नतिजा ल्याएको विद्यालयले जनाएकाे छ । विद्यालय पूर्वी पाल्पाकै एकमात्र नमुना विद्यालयको रुपमा काम गर्ने गरी युवा अध्यक्ष राजकुमार पन्थीले नेतृत्वमा भएको नयाँ टिमले व्यवस्थापकीय कामहरु सुरुवात गरेको हाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्थीका अनुसार नयाँ व्यवस्थापनसँगै विद्यालयमा भौतिक तर्फ विद्यालय भवन तला थप्ने, मन्दिर निर्माण, १५ लाख बराबरको कम्प्यूटर ल्याव निर्माण, भारतीय दुतावासबाट १७ कोठे भवनको लागि ६ करोडको बजेट पहल, पालिका तथा केन्द्र र प्रदेशस्तरमा विशेष अनु्दान लगायतका बजेट व्यवस्थापनको काम भइरहेको अध्यक्ष पन्थीले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद खनालका अनुसार विद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ्ग तर्फ प्राविधिक विषयमा समेत अध्यापन हुँदै आएको छ, । विद्यालयमा अहिले कक्षा १ देखि १२ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयको प्राविधिक विषयमा जिल्ला तथा जिल्ला बाहिरबाट समेत विद्यार्थीहरु अध्ययनको लागि आउने गरेको खनालले बताउनुभयो । गाउँमा बसाईसराई दर बढ्दै गइरहेको र विद्यालय आउन जान भौगोलिक कठिन हुने स्थानबाट विद्यालयसम्म जान आउनको लागि विद्यालयले स्कूल वसको व्यवस्थापनको लागि पहल गरिरहेको वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । विद्यालयले निकट भविष्यमै जग्गा व्यवस्थापन गरेर आवासिय सुविधा सहितका पूर्वाधारहरु समेत निर्माण गरेर शैक्षिक नतिजामा समेत गुणात्मक वृद्धि गर्ने गरी योजना बनाएको अध्यक्ष पन्थीले रानीमहललाई बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update