पाल्पा – नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले विपद् व्यवस्थापन सम्बन्धी पाँच दिने अभ्यास गरेको छ । जिल्ला सदरमुकाम तानसेनमा सेनासहितकाे सुरक्षाकर्मीकाे टाेलीले विपद्का घटनामा सहयोग पु¥याउने उद्देश्यले पाँच दिने अभ्यास गरेको हो ।
विपद्का घटना न्युनीकरण तथा घटनापछि आवश्यक उद्दारका काम प्रभावकारी बनाउन अभ्यास गरिएको नेपाली सेनाको पाल्पास्थित दि फेमस महिन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले जानकारी दिनुभयो । वर्षात्को समयमा बाढी, पहिरो, सडक दुर्घटना जस्ता विपद्का घटनामा तत्कालै उद्दार गर्न सहयोग पुग्ने गरी अभ्यास गरिएको उहाँले जानकारी दिनुभयो ।
प्राकृतिक र मानव सिर्जित विपद्का घटना कसरी हुन्छ ? यसबाट कसरी बच्न सकिन्छ ? समयमा कसरी राहत र उद्दारलगायतका कार्य गर्ने भन्ने विषयमा अभ्यास गरिएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको संयोजकत्व, दि फेमस महिन्द्र दल गणको अगुवाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी पाल्पा, पाल्पा अस्पताल, स्थानीय तह विपद् व्यवस्थापन सेलको सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी पाँच दिने एकीकृत अभ्यास गरिएको हो ।
विपद् व्यवस्थापन सम्बन्धी अभ्यासले सहज र सरल रुपमा विपद्का घटनामा उद्दारको कार्य गर्न सहयोग पुग्ने विस्वास प्रमुख जिल्ला अधिकृत बन्धुप्रसाद बास्तोलाले गर्नुभयो । जिल्लामा आइपर्ने विपद्का समयमा समाधानको लागि जिल्ला विपद् व्यवस्थापन समिति पूर्णरुपमा तयार रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० २१:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय