पाल्पा - रिब्दीकोट गाउँपालिका–१ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने परिवारलाई प्रोत्साहन भत्ता दिने कार्यक्रम बनाएकाे छ । ३ सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने दम्पत्तिलाइ प्रोत्साहन स्वरूप ५ हजार भत्ता दिने वडाले जनाएकाे छ ।
३ वटा बच्चा पाएपछि वडामा जन्म दर्ता गराए ती दम्पत्तिले नगद ५ हजार भत्ता पाउने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयाे । आगामी २०८० साउन महिनादेखि याे भत्ता वितरण हुने अध्यक्षकाे भनाइ छ ।
वडामा जनसंख्या वृद्धि गर्नका लागि पनि यो नीति लिएको वडा कार्यालयले जनाएकाे छ । २ भन्दामाथि जतिजना सन्तान जन्माए पनि जन्म दर्ता गर्न आउने परिवारलाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ।
गाउँमा जनसंख्या घट्दै गएको भन्दै वडा कार्यालयले भत्ते कार्यक्रम बनाएकाे जनप्रतिनिधिकाे भनाइ छ । धेरै सन्तान जन्माए नै काम गर्ने जनशक्ति उत्पादन हुने वडा अध्यक्षकाे भनाइ छ ।
जन्मदर बढाउने खालका तीति तथा कार्यक्रम ल्याउन सरकारलाई अध्यक्ष पाेखरेलले
बताउनुभयाे ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० २१:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय