Erani Mahal
माथागढीमा स्थानीय पाठ्यक्रम पुनरावलोकन सम्बन्धी अभिभमुखीकरण
354132679_238795428938434_4993419930372975365_n
पाल्पा - माथागढी गाउँपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रम पुनरावलोकन तथा मातृभाषा÷मगर भाषाको पाठ्यपुस्तक सम्बन्धी अभिभमुखीकरण÷अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पालिकाले मातृ भाषाको पुस्तक प्रकाशन र स्थानीय पाठ्यक्रमका विषयमा सरोकारवालासँग अन्तरक्रिया छलफल गरेको हो । गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले स्थानीय पाठ्क्रमले स्थानीय विषयवस्तु र मौलिकतालाई संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताउनुभयो । विशिष्ट अतिथि प्रदेश सभा सदस्य खेम बहादुर सारुले संविधानको व्यवस्था अनुसार पालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक प्रकाशन गरेको बताउँदै त्यसलाई समय अनुकुल बनाउनुपर्ने बताउनुभयो । भाषा आयोगका सदस्य भाषा शास्त्री अमृत योन्जन तामाङ्गले नेपालका रैथाने भाषाहरु लोप हुने क्रम बढेको बताउँदै त्यसको संरक्षणमा स्थानीय सरकारहरु बढी जिम्मेबार हुनुपर्ने बताउनुभयो यस्तै मगर ,भाषा विद विष्णु कुमार सिंजाली मगरले मगर भाषा समेत लोपहुने क्रममा रहेको बताउँदै ७४ प्रतिशत मगर बसोवास रहेको माथागढीमा मगर भाषा र संस्कृतिको केन्द्र बन्न सक्ने बताउनुभयो । कार्यक्रममा तिनाउँ गाउँपालिकाका पूर्व अध्यक्ष ओम बहादुर घर्ती घर्ती, पालिका उपाध्यक्ष विष्णु माया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, सामाजिक विकास समिति सदस्य राजकुमार पन्थी लगायतले पालिकाले आगामि दिनमा स्थानीय पाठ्यपुस्तक र पाठ्यक्रमलाई पुनरावलोकन गरेर जाने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष बोमबहादुर ठाडा, तेज बहादुर घर्तीमगर, कार्यपालिका सदस्य, वडा सदस्य विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, विद्यालयका प्रअ, शिक्षक, प्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली र भाषा विद विष्णु कुमार सिंजाली मगर भाषा विद् तथा प्राज्ञ, प्रज्ञा सभा सदस्य, तथा अमृत योन्जन तामाङ्ग, भाषा शास्त्री, सदस्य, भाषा आयोगले प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update