पाल्पा - तानसेन खानेपानी उपभोक्ता समितिलाई खारेज गरिएकाे छ । तानसेन नगरपालिकाकाे आयाेजनामा भएकाे उपभाेक्ताहरूकाे भेलाले हाल कायम रहेकाे तानसेन उपभाेक्ता समितिलाई खारेज गर्ने निर्णय गरेकाे हाे । यसअघिकाे खानेपानी उपभाेक्ता समितिका सबैजसाे समितिका पदाधिकारी तथा सदस्यले राजीनामा दिइसकेका छन् ।
उपभाेक्ता समितिकाे काम कारबाहीमा चर्काे बिवाद, चार वर्षदेखि अबैध सञ्चालन, विधान प्रमाणित नगरी आफूखुसी चलेकाे, साधारणसभा तथा अधिवेशन हुन नसकेकाे सन्दर्भमा नगरपालिकाकाे अगुवाइमा विवादित र अबैधानिक समिति खारेज गरिएकाे हाे । समिति खारेजपछि नगरपालिका मातहत खानेपानी सञ्चालन गरिने भएकाे छ ।
नगरपालिकाले तदर्थ समिति बनाएर तानसेन खानेपानी उपभाेक्ता समितिकाे काम अगाडि बढाउने भएकाे छ । अबैध समिति खारेजसँगै तानसेनकाे खानेपानी समस्या केही हदसम्म भएपनि समाधान हुने विस्वास गरिएकाे छ । पुरानाे समितिलाई खारेज गर्नुपर्ने बाध्यता आएकाे नगरप्रमुख सन्ताेषलाल श्रेष्ठले बताउनुभयाे ।
खारेज भएकाे उपभाेक्ता समितिका कार्यबहाक अध्यक्ष पुरनमान बज्राचार्यले भने समितिका अरू पदाधिकारी र सदस्यले राजीनामा दिएकाे जानकारी नभएकाे बताउनुभयाे । उहाँले समितिकाे निर्वाचन प्रकृया वार एशाेसिएसनले अघि बढाएकाे बताउनुभयाे ।
नेपाल बार एशाेसिएसनले भने अप्रमाणित विधानबाटै चुनावी प्रक्रिया अगाडि बढाएकाे छ । बार एशाेसिएसनले अबैध समितिले जिम्मेवारी दिएकाे प्रमाणित नभएकाे विधानलाई टेकेर निर्वाचन प्रकृया अगाडि बढाएकाे हाे । वैधानिक नभएकाे समितिले दिएकाे जिम्मेवारी कसरी पूरा गर्न र कानुनी मान्यता पाउनेमा भने शंकैशंका रहेकाे छ । बारले असार १२ गते निर्वाचन प्रकृया सुरू भएकाे सामाजिक सञ्जालबाट जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय