पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयका प्राधानाध्यापक र लेखा कर्मचारीहरूका लागि लेखा तथा विद्यालय व्यवस्थापन तालिम सञ्चालन भएको छ ।
कार्यक्रम गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, उपाध्यक्ष युवराज थापा, सामाजिक विकास समितिका संयोजक हुमान सिंह कार्कीको आतिथ्यतामा सञ्चालन भएको थियो ।
शिक्षा अधिकृत निशा पाण्डे, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यक्रम समिति सदस्य शारदा रायमाझीको अतिथिको रूपमा उपस्थिति रहेको थियो ।
सहभागीहरूलाई गाउँपालिकाका इन्जिनियर किशोर खनाल, आ.ले.प. हरि प्रसाद पराजुली, जिन्सी शाखा प्रमुख श्प्रकाश के.सि.ले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रम शिक्षा शाखाका प्रा.स. राजाराम भाटले सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय