पाल्पा – यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले सार्वजनिक सवारीसाधनले विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई दिन अनुरोध गरेको छ ।
जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विद्यार्थीलाई यातायात भाडामा ४५ प्रतिशत छुट दिन सवारीसाधन करमा लुम्विनी प्रदेश सरकारले ६० प्रतिशत कर छुट गरेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख केशव सुनारले सबै खालका सार्वजनिक सवारीसाधनलाई नियमानुसार भाडामा छुट दिन अनुरोध गरेको छ । यदि कोही कसैले तोकिएका समूहलाई भाडामा छुट नदिए कडा कारबाही गरिदने उहाँले बताउनुभयो ।
पछिल्लो समय पाल्पामा सञ्चालित सवारीसाधनले भाडामा छुट नदिएको भन्दै विद्यार्थीलगायतका समूहले शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।
हेर्नुहाेस कार्यालयकाे पत्र
प्रकाशित मिति: सोमबार, असार ११, २०८० १८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय