पाल्पा – तानसेन खानेपानी उपभोक्ता समितिका सचिव केशव पौडेलले राजीनामा दिनुभएको छ ।
समितिमा विगतदेखि सचिवमा रहेर काम गर्नुभएका पौडेलले उपभोक्ता समिति लामो समयदेखि नवीकरण नभएको र उपभोक्ता समितिको पदावधि सकिएको लामो समय भएकाले पदमा बसिरहन कुनै नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताउनुभएको छ ।
प्रेस विज्ञप्ति जारी गर्नुहुँदै पौडेलले सुरुका दिनमा तानसेनबासीको घर–घरमा धारा जडान लगायतका राम्रा र महत्वपूर्ण काम भएपनि पछिल्लो समय नेतृत्वका कारणले खानेपानीको उल्लेखनीय काम गर्न नसकेको पौडेलले विज्ञप्तिमा भन्नुभएको छ ।
हेर्नुहाेस प्रेस विज्ञप्ति :
प्रकाशित मिति: सोमबार, असार ११, २०८० १७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय