पाल्पा - जिल्लाको रिव्दीकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५३ करोड ६८ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । १३ औं गाउँसभामा उपाध्यक्ष कान्ता अधिकारीले आगामी बर्षको लागि बजेट पेश गरेकी हुन् । उपाध्यक्ष अधिकारीले पुँजीगततर्फ २३ करोड ५६ लाख ६४ हजार र चालु तर्फ २९ करोड ४४ लाख ४ हजार बजेट विनियोजन गरेको बताउनुभयाे ।
पालिकाले आन्तरिक आम्दानीको लागि ७३ लाख ७७ हजार रकम उठ्ने अनुमान गरेको छ । पालिकाले आर्थिक विकासको लागि २ करोड ३८ लाख, वन वातावरण तथा विपद्को लागि ३७ लाख, संस्थागत क्षमता विकासका लागि ४३ लाख ५० हजार, पूूर्वाधार विकासका लागि ५ करोड ७६ लाख ८० हजार, सामाजिक तथा साँस्कृतिक संरक्षणको लागि ९३ लाख, सामाजिक विकासको लागि ३ करोड ६४ लाख ३८ हजार, शुसासन तथा प्रशासनिक खर्चतर्फ ५ करोड ९० लाख ५० हजार, वडागत चालु तथा पुँजीगत खर्च ४ करोड ४५ लाख, प्रदेश विशेष अनुदान ६० लाख, संघीय सशसर्त अनुदान २६ करोड २८ लाख, प्रदेश शसर्त अनुदान ८६ लाख ५० हजार, अन्तर सम्बन्धित क्षेत्रतर्फ १ करोड ३८ लाख अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आगामी बर्षको लागि रिव्दीकोट गाउँपालिकाले एक टोल, एक सामूूहिक खेतीको लागि ३० लाख, कृषि उपज उत्पादनमा आधारित अनुदानको लागि ५० लाख, मकैवाली प्रवद्र्धन तथा रैथाने वाली प्रवद्र्धनको लागि ३१ लाख, उखु, तरकारी र च्याउ खेती प्रवद्र्धन, डेरी तथा मासु पसल सुधारको लागि २१ लाख ५० बजार, कुसुमखोलामा प्राङ्गारीक मल प्रशोधन कारखाना स्थापनाको लागि १५ लाख, कृषि उत्पादन संकलन तथा बजारीकरणको लागि १० लाख, कृत्रिम गर्भाधान, नश्ल सुधार तथा पशु स्वास्थ्य सेवाको लागि ११ लाख विनियोजन गरेको उपाध्यक्ष अधिकारीले बजेटमार्फत जानकारी गराउनुभयाे । गाउँपालिकाले पूूर्वाधारतर्फ जलेश्वर पर्यटन पुर्वाधारका लागि १ करोड ५० लाख, खौडेलीदेखी खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसम्मको सडक स्तरउन्नतीको लागि १ करोड, देउराली कोहल खेलमैदानका लागि १ करोड, कन्टीपोखरा ख्याहा सडकको स्तरउन्नतीका लागि ७५ लाख, पालुङमैनादी देखी वडा नंं ८ फेक सम्मको सडक स्तरउन्नतीको लागि ७५ लाख, हार्थाेक छहरा मोटबाटो मर्मतको लागि २५ लाख, पालिका भित्रका अधुरा खानेपानी योजना पुरा गर्न ३० लाख बजेट विनियोजन गरेको छ ।
पालिकामा रिब्दीकोट उद्योग विकास प्राधिकरण गठनको लागि १० लाख, खस्यौली स्वास्थ्य केन्द्रमा जेष्ठ नागरिक, अपाङ्ग, जनप्रतिनिधी, कर्मचारीको निःशुल्क उपचारको लागि ५ लाख, स्वास्थ्य संस्थामा औषधी खरिदको लागि २२ लाख, प्राकृतिक चिकित्सा, योग ध्यान जनचेतनाको लागि १० लाख, पालिका भित्र सुत्केरी हुन नसकी रिफर भएका महिलालाई निःशुल्क एम्वुलेन्स सुविधाको लागि बजेट सुनिश्चित भएको छ । विद्यालयमा पढ्दै कमाउदै, कमाउदै पढ्दै कार्यक्रम सञ्चालन गर्ने, स्थानीय पाठ्यक्रम निर्माणको लागि ५ लाख, शिक्षक विद्यार्थीहरुको मनोवल वृद्धि गर्न ५ लाख,, अध्यक्ष कप र राष्ट्रपति रनिङ शिल्डको लागि १० लाख, ख्याहा र लघुवामा व्याडमिण्टन कवर्ड हल निर्माणको लागि पाँच÷पाँच लाख, बजेट विनियोन गरेको उपाध्यक्ष अधिकारीले बताउनुभयाे ।
महिलालाई आत्मनिभर बनाउन १० लाख, जेष्ठ नागरिक, लक्षित तथा विपन्न वर्गको उत्थानको लागि १० लाख, ग बर्गका अपाङ्ग भत्ताको लागि १५ लाख, ख र ग बर्गका अपाङ्गताहरुको निशुल्क स्वास्थ्य बिमाको लागि १५ लाख, कोखदेखी सोकसम्म उपाध्यक्ष कार्यक्रमको लागि पालिकाले बजेट विनियोजन गरेको छ ।
पालिकाले एक घर एक वित्तिय खाता तथा सहकारीको क्षमता विकासको लागि ५ लाख, कुसुमखोला चिस्यान केन्द्रमा थ्रि फेस विद्युुत जडानको लागि १० लाख, प्रत्येक वडामा विपद् तथा जोखिम व्यबस्थापनको लागि एक एक लाख, श्रम र श्रमिकको मर्यादा हुने गरी रोजगारी सिर्जना तथा ५ बर्षे रणनीति तयार गर्न ४९ लाख ११ हजार, विपद् पिडितको राहतको लागि ८ लाख गाउँपालिकाले बजेट विनियोजन गरेको छ । । १३ औ गाउँसभाको सञ्चालन सभामुखको भूूमिकामा पालिका अध्यक्ष नारायण बहादुर कार्कीले गरेका थिए । गाउँसभामा आर्थिक ऐन र विनियोजन ऐन माथी छलफलको लागि पेश गरिएको थियो । पत्रकार कृष्ण पाेखरेलबाट ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय