पाल्पा - जिल्लाको माथागढी गाउँपालिका वडा न ४ को आयोजनामा युवाहरुका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा वडा कार्यालयको आयोजनामा युवाहरुका लागि ३ दिने क्षमता विकास तालिम वडा न ४ को देवगिरमा सम्पन्न भएको हो ।
वडाका युवाहरुको क्षमता विकास गराउने उदेश्यले तिन दिने क्षमता विकास सम्बन्धी तालिमको आयोजना गरीएको वडा अध्यक्ष शंकर दर्लामीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष तथा समापन कार्यक्रमका अध्यक्ष शंकर र्दलामीले युवाहरुको लागि तालिम अति उपयोगी हुने भन्दै युवाहरुलाई सक्रिय सहभागीता जनाएर तालिम लिएको भन्दै सहभागिलाई सिकेका कुरा व्ययहारमा लागु गर्न आग्रह गर्नुभयो ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले आर्थिक वर्ष २०७९÷८० मा सबै वडामा गरीएको तालिमहरु निति तथा कार्यक्रमबाट गर्ने निणर्य गरी सञ्चालन गरीएको बताउनु भयो ।अध्यक्ष चिदीले वडा भित्रका धेरै युवाहरुको अन्र्तनिहीत क्षमता हँुदाहँुदै कलाको विकास नहँुदा धेरै युवाहरु पछि परेकाले युवा लक्षीत तथा क्षमता विकास तालिम सञ्चालन गरेको बताउनु भयो ।
अध्यक्ष चिदीले सिकेर कहिल्यै पनि नसकिने भन्दै सिक्न खोजे र प्रयास गरेर अगाडी बढेमा सफलता मिल्ने बताउनु भयो । पालिका भित्रका सबै वडामा युवा लक्षीत तथा क्षमता विकासका बिभिन्न खाले कार्यक्रमहरु सञ्चालन गरेको बताउदै आगामी दिनमा पनि यस्ता नेतृत्व र क्षमता विकास सम्बन्धी तालिम आवश्यकताका आधारमा सञ्चालन हुने जानकारी दिनुभयो ।
तीन दिनसम्म चलको तालिम युवा तथा खेलकुद समन्व्य समितिको सहकार्यमा पत्रकार दिपक भट्टराई तथा सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यक्रम संयोजक शिव शंकर न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।
तालिम अवधिभर सिकेका कुरा तथा तालिमका बारेमा सहभागीका तर्फवाट अर्जुन रतन र लक्ष्मी सारुले तालिम एकदमै राम्रो तथा प्रभावकारी भएको बताउदै तालिम वाट धेरै कुरा सिक्ने अवसर पाएको धारणा राखेका थिए । पालिकाले आगामी दिनमा यस्ता तालिमलाई निरन्तता दिएमा थप सिक्ने मौक्का मिल्ने तथा अझ क्षमता अभिबृद्धि हुनेमा आशावादी रहेको बताए ।
तालिममा वडा भित्रका ३५ जनाको युवा युवतीको सहभागी रहेको थियो । तालिम असार ५ गते देखि सञ्चालन भई असार ७ गते सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष,सदस्यहरु वडा सचिव लगायतको उपस्थिति रहेको थियो । वडा अध्यक्ष शंकर दर्लामीको अध्यक्षता गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीको प्रमुख आतिथ्यता तथा प्रिति बि.क.को संञ्चालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० २०:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय