पाल्पा - जिल्लाको माथागढी गाउँपालिकामा बालविवाह न्यूनिकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको विभिन्न वडाका विद्यालयका विद्यार्थी, बाल क्लव, युवा क्लवहरुका प्रतिनिधिहरु सहभागिता रहेको कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बाल विवाह न्यूनिकरणमा बालबालिका सँगै उनीहरुको अभिभावकहरुको प्रमुख दायित्व रहेको बताउनुभयो ।
उहाँले समाजमा रहेको कूरिति र अन्धविश्वासको कारण समेत यस्तो प्रचलन बढेको भन्दै बालविवाह गर्नेलाई कानूनीसँगै सामाजिक रुपमा समेत बहिस्कार गर्नुपर्ने बताउनुभयो । उहाँले बालविवाह रोक्न सचेतनासँगै शिक्षा र चेतनास्तरको विकास आवश्यक रहेको बताउनुभयो । गाउँपालिकाले बालविवाह रोक्ने कार्यक्रमहरु, बालमैत्री कार्यक्रम लगायतका कार्यक्रमहरु संचालन गरेको बताउनुभयो ।
उपाध्यक्ष विष्णुमाया लुंचेले बालविवाह गर्नुभनेको कानूनत र शारीरिक दृष्टिले समेत जोखिम रहेकोले जोखिम न्यूनिकरणमा सबैको दायित्व रहेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु तेज बहादुर घर्ती, राजकुमार पन्थी, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, कार्यपालिकाका सदस्यहरु, स्वास्थ्य शाखाका प्रमुख केशव बहादुर जिसी, शिक्षा सहायक अमृत अधिकारी, पत्रकार भुवन रायमाझी, कमल अधिकारी, माथा प्रहरी चौकीका प्रतिनिधि, विद्यालयका शिक्षक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम महिला तथा बालबालिका शाखाको प्रमुख पुनम चिदीको संचालनमा भएको थियो ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० २०:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय