पाल्पा - पाल्पामा पौडी खेल्ने क्रममा डुरेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ का १८ वर्षीय अभिषेक परियार रहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको बुटवलमा अध्ययनका लागि डेरा गरी बस्दै आएका परियार शनिबार दिउँसो तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सास्थित तिनाउ खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए।
बेहोस भएका परियारलाई उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा दिउँको साडे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: शनिबार, असार २, २०८० १९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय