तानसेन – नेतृत्व मिडियाद्वारा प्रकाशित नेतृत्व वर्ष २६ अंक १–२ संयुक्त अंक शुक्रबार पाल्पाकाे एतिहासिक एवं धार्मिक स्थल भैरवस्थानमा सार्वजनिक गरिएको छ । उक्त अंक सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय पाल्पाका प्रमुख टंकनाथ खनालले पत्रिका निरन्तर रुपका प्रकाशन हुनेमा विस्वास गर्नुभयो । उहाँले पत्रिका परिस्कृत र पठनयोग्य प्रकाशन भएको बताउनुभयो ।
विशिष्ट अतिथि डा. टंकप्रसाद पन्थ, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले पत्रिका निरन्तर प्रकाशन भएकोमा धन्यवााद ज्ञापन गर्नुभयो । उहाँहरूले नेतृत्वले समाजमा लुकेर रहेका मानिसलाई पाठनसामु पस्केर नेतृत्वको अवसर दिएको बताउनुभयो ।
कार्यक्रममा मिसन अस्पताल पाल्पाका अध्यक्ष डा. रचेल कारख, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, राजेन्द्रगोपाल सिंह, पुष्करराज रेग्मी, प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, रामप्रसाद अर्याल, सन्तोष खनाल, हरि भट्टराई, गुणवती केसी लगायत आ–आफ्नो धारणा तथा रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा भैरव दर्शन जिपलाइन पाल्पाको अवस्थाका बारेमा सञ्चालक तथा निर्देशक देव पचभैयाले जानकारी दिनुभयो । भैरवस्थान मन्दिरको दर्शनसँगै मनोरन्जन र शाहसिक खेलमा रुचि राख्ने पर्यटकका लागि आफूले जिपलाइन संचालन गरेको पचभैयाले बताउनुभयो ।
कार्यक्रममा समाजवादी पत्रकार संगठनका अध्यक्ष पदम गैरे, प्रेस सेन्टर पाल्पाका कार्यवाहक अध्यक्ष नवराज ज्ञवालीले शुभकामना दिनुभयो । कार्यक्रम नेतृत्व त्रैमासिक पत्रिकाका सम्पादक प्रकाशन गोविन्द प्रसाद भट्टराईको अध्यक्षता र पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० २१:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय