पाल्पा - जिल्लाको माथागढी गाउँपालिको आर्थिक वर्ष २०७९,०८० को कार्यक्रमको समिक्षा तथा आगामि आ.व. २०८०।८१ को लागि सुझाव संकलन गरेको छ ।
गाउँपालिकाको नीति कार्यक्रमको बारेमा शाखागत तथा राजनीतिक दल र सरोकारवालाबाट सुझाव संकलन गरेको थियो । गाउँपालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, लेखा, नवप्रर्वद्धन, कृषि, पशु लगायतका शाखाका प्रमुखहरुले आफ्नो शाखको काम, प्रगति, भौतिक तथा वित्तिय अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले संघीय सरकारले यस वर्षको बजेट सिलिंग घटाएकोले सोही अनुसार पालिकामा समेत असर गरेको बताउनुभयो । उहाँले चालु वर्षमा पठाएको बजेट समेत कटौती भएकाले कतिपय योजनाहरुको समेत रकम नपुगेको बताउनुभयो । उपाध्यक्ष विष्णुमाया लुंचेले गाउँपालिकाकाले समग्र क्षेत्रको विकासमा मुख्य ध्यान दिएको भन्दै सोही अनुसारको बजेट र नीति निर्माणमा सरोकारवालको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व वडा अध्यक्ष मधु पराजुलीले पालिकाका कतिपय कार्यक्रमहरु समयमै संचालन नभएको, समन्वय नगरेको बताउनुभयो । उहाँले सानातिना कार्यक्रमभन्दा पनि मुख्य कार्यक्रममा र गाउँपालिकाको प्रगति र विकासमा आफूले सहयोग गर्ने बताउनुभयो । पालिकाले प्रदेशस्तरीय याेजनाहरु नगरेकाे कृषिकाे खरबुजा खेति प्रभावकारी नभएकाे बताउनुभयाे ।
कार्यक्रममा शिक्षा संयोजक प्रेम बहादुर बारघरे, स्वास्थ्य प्रमुख केशव जिसी, योजना अधिकृत नित्यानन्द खनाल, लेखा अधिकृत सन्तोष दाहाल, सूचना प्रविधिका दिलिप थापा लगायतले आफ्नो शाखागत प्रतिवेदन राख्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० ०६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय