Erani Mahal
वक्तृत्वकलामा घिमिरे पहिलाे
tt
पाल्पा - मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सामाजिक न्याय र सबैलाई शिक्षाको उदेश्य अहिलेसम्म पूरा हुन नसकेको बताउनुभएको छ । संघीयतापछि पनि शिक्षा क्षेत्रमा देखिएका समस्या साधान हुन नसकेको उहाँको भनाई छ । विश्व रक्तदाता दिवसको अवसरमा पाल्पामा आयोजित एक कार्यक्रमलाई सम्बोध गर्दै पूर्व अध्यक्ष रेग्मीले नागरिकलाई पूर्ण साक्षर नबनाइकन समान रुपान्तरण र उच्च स्तरको सत्य समाज निर्माण गर्न नसकिने बताउनुभयो । शिक्षा क्षेत्र व्यवहारमुखी हुन नसक्दा नैतिकता स्खलन भएको बताउदै उहाँले शिक्षाको विकासका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । विश्व रक्तदाता दिवसका अवसरमा भएको जिल्जास्तरीय वकतित्वकाल प्रतियोगितलाई सम्बोधन गर्दै उहाँले युवा र विद्यार्थीले गर्दै आएको रक्तदानको उच्च सम्मान रहेको बताउनुभयो । उहाँले रक्तदानबाट मृत्युको मुखबाट समेत मानिसको जीवन बचाउने भएको हुँदा रक्तदानलाई जीनवदानको रुपमा हेरिएको बताउदै शिक्षामा विकास भएमा स्वास्थ्य र समाज रुपान्तरण हुने हुँदा रक्तदान तथा अन्य क्षेत्रको समेत विकास हुने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना रक्तदान जीवनदानमा युवाको भूमिका विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा पाल्पाली संगम अमेरिका, व्लड डोनर्स अफ अमेरिकाले गरेको थियो । जिल्लाभरका १९ जना विद्यार्थीले सहभागीता जनाएको प्रतियोगितमा रामपुरस्थित रामतुलसी माविकी सुरक्षा घिमिरे प्रथम, न्यू होराइजन मावि तानसेनकी कृसला ढुंगाना दोस्रो तथा तानसेनकै दमकडा माविकी सपना भण्डारीले तेस्रो स्थान हासिल गरिकी छन् । उनीहरुले क्रमशः ५०, ३० र २० हजार नगतसहित प्रमाणपत्र प्रदान गरिएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update