Erani Mahal
रामपुरमा स्वास्थ्यका द्रुत प्रतिकार्यका लागि अभिमुखिकरण
swasthee
पाल्पा - स्थानीय स्तरमा रहेका द्रुत प्रतिकार्य समिति र टोलीका लागि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा रामपुर नगरपालिका भित्र रहेको दु्रत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण प्रदान गरिएको हो । कार्यक्रममा द्रुत प्रतिकार्य समितिका काम कर्तव्य र अधिकार , महामारीको पहिचान , यसको रोकथाम , जोखिम पहिचान , टोली परिचालन हुने , ल्याब टेस्ट , सम्भावित विपद् लगाएतका विषयमा जानकारी गराईएको थियो । अभिमुखिकरण कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जनप्रतिनिधिले काम गर्नका लागि विभिन्न निति नियम बनाई दिने र कर्मचारीले कार्यान्वयन गर्ने भएकाले विपद्को समयमा सावधानिपूर्वक काम गर्नु पर्ने बताउनुभयो । मानविय स्वस्थ्य सम्बन्धि विपदमा स्वास्थ्यकर्मी नै लाग्नु पर्ने भन्दै महामारी फैलन नदिन समयमतापूर्वक का मगर्न आग्रह गर्नुभयो । साथै द्रुत प्रतिकार्य समिति र टोली विच समन्व्य गरेर नगरमा आई पर्ने स्वास्थ्य सम्बन्धि विपद र महामारीमा गम्भिर भएर काम गर्नु पर्ने बताउनुभयो । उहाँले विपद आउन नदिनका लागि पहिल्यै सजग हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले स्वास्थ्य सम्बन्धि आईपर्ने विपद्मा पहिले पुग्ने स्थानीय स्तरको प्रतिकार्य टोली रहेको भन्दै जनताको जिउधनको रक्षाका लागि विशेष ध्यान दिएर जिम्मेवारी निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । साथै अभिमुखिकरण कार्यक्रममा सिकाईएका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । नगरपालिका भित्रका स्वास्थ्यकर्मी सहित द्रुत प्रतिकार्य समिति र टोलीको सहभागिता रहेको कार्यक्रमको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरि , क्षय तथा कुष्ट रोग अधिकृत टिकाराम अधिकारी र ल्याब टेक्निसियन मधुसुदन भट्टराईले गर्नु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरिको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update