Erani Mahal
पाल्पामा रक्तदानबारे सकारात्मक सन्देश फैलाउन वक्तृत्वकला हुने
bb
पाल्पा – नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजनामा आगामी जेठ ३१ गते जिल्लास्तरीय वक्तृत्वकला हुने भएको छ । रक्तदान जीवनदान हो भन्ने सन्देश फैलाउने उद्देश्यले पाल्पाका दश वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो । रेडक्रस सोसाइटी पाल्पा शाखाले सोमबार तानसेनमा पत्रकार सम्मेलन गरेर जिल्लास्तरीय वक्तृत्वकला आयोजना गर्न लागेको जनाएको छ । पाल्पाली संगम अमेरिका र बल्ड डोनर्स अफ अमेरिकाको सहयोगमा प्रतियोगिता गर्न लागिएको शाखाका सभापति बावुराम कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा पाल्पाको दश स्थानीय तहका २२ जनाले भाग लिने सभापति कार्कीले बताउनुभयो । गाउँपालिकाबाट २/२ जना र नगरपालिकाबाट ३/३ जना वक्तृत्वकला प्रतियोगितमा सहभागी हुने उपसभापति भीमसेन कार्कीले बताउनुभयो । वक्तृत्वकला कार्यक्रमबाट आम नागरिकमा रक्तदान गर्नुपर्छ भन्ने भावना विकास गराउने र त्यसले निकट भविष्यमा रेडक्रस सोसाइटीले सञ्चालन गर्न लागेको ब्लड बैँक स्थापनालाई सहयोग पु¥याउने सभापति कार्कीले बताउनुभयो । शाखाले पाल्पामा बल्ड बैँक स्थापनाका लागि सरोकारवालासँग छलफल चलाईसकेको र हाल ब्लड ग्रुपको रोस्टर तयार गर्ने काम भइरहेको शाखा सदस्य डा. झपेन्द्र ढकालले बताउनुभयो । ३१ गते हुने वक्तृत्वकला प्रतियोगितामा मन्त्री परिषद्का पूर्वअध्यक्ष एवं पूर्व प्रधानन्यायधीश खिलराज रेग्मीको सहभागिता रहनेछ । वक्तृत्वकलामा पहिलाे हुनेले ५० हजार, दाेस्राे हुनेले ३० हजार र तेस्राे हुनेले २० हजार नगद पुरस्कार पाउने शाखका मन्त्री केशव नेपालले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update