Erani Mahal
तानसेनबाट यामाहाको नयाँ मोडलको स्कुटी बिक्री सुरु
mmm
पाल्पा – पाल्पामा यामाहा कम्पनीको नयाँ स्कुटर लन्च गरिएको छ । यामाहा कम्पनीको आधिकारिक बिक्रेता ज्ञानेन्द्र अटो वक्र्सले यामाहा कम्पनीको रेजेड आर हाइब्रिड स्कुटीको बिक्री सुरु गरेको हो । तेलमा माइलेज, थप इनर्जी र नयाँ विशेषता रहेको स्कुटी पाल्पामा सोमबारदेखि बिक्री सुरु गरिएको ज्ञानेन्द्र अटो वक्र्सका म्यानेजिङ् डाइरेक्टर वीरेन्द्रकाजी शाक्यले जानकारी दिनुभयो । विगत पाँच दशकदेखि यामाहा कम्पनीको मोटरसाइकल, स्कुटी बिक्री गर्दै आएको वक्र्सले ग्राहकको लागि नयाँ मोडलको स्कुटी बिक्री सुरु गरिएको प्रोपराइटर विवेककाजी शाक्यले बताउनुभयो । नयाँ स्कुटीको बिक्री शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, वीरेन्द्रकाजी शाक्यलगायतले गर्नुभएको थियो । सो अवसरमा बोल्नुहुँदै पाल्पा उवासंघका अध्यक्ष भट्टराईले नयाँ मोडलको स्कुटीले पाल्पाको व्यापार व्यवसायलाई प्रबद्र्धन गर्न व्यापारी व्यवसायीलाई सहयोग पुग्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रानाले यामाहा कम्पनीको मोटरसाइकल, स्कुटी ग्राहको रोजाईमा पर्ने गरेको बताउनुभयो । नयाँ लन्च भएको स्कुटी, व्यापारी, किसान, कर्मचारी र त्यसमा पनि महिला कर्मचारीका लागि उपयुक्त रहेको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update