पाल्पा – पाल्पामा लिची टिप्ने क्रममा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको बगनासकाली–९, फुकटुङ् बस्ने ४५ वर्षकी धना खाँडको लिची टिप्ने क्रममा लडेर उपचारको क्रममा मृत्यु भएको हो ।
सोमबार दिउँशो १ बजेतिर लिचीको रुखबाट लडेर खाँड गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारको क्रममा तानसेनस्थित लुम्विनी मेडिकल कलेजमा बेलुकी ५ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० २१:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय