पाल्पा – जिल्लाको माथागढी गाउँपालिकाले व्यवसायिक दुना टपरी उद्यम बनाउने तालिम दिएको छ । नवप्रवर्तन साझेदारी कोष अन्तर्गत २ दिने व्यवसायिक दुना टपरी उद्यम संचालन सम्बन्धी तालिम दिइएको हो ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले पालिकाले सीपसँगै उद्यमी बनाउनको लागि मेसिन समेत वितरण गरिएको बताउनुभयो ।
उहाँले उद्यममा निर्माण भएको दुनाटपरीको पालीकाले नै बजारको व्यवस्थापन समेत गर्ने बताउनुभयो । सीपलाई व्यहारमा लैजादै आयआर्जनमा लाग्न लक्षित समुदायलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा दुईदिनसम्म दुना टपरी बनाउने सीप, कला र उनीहरुलाई व्यवहारिक ज्ञान समेत प्रदान गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ०७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय