Erani Mahal
चिदीपानीमा आगामी बजेटबारे सर्वपक्षीय छलफल तथा समिक्षा
Chidipani (1)
पाल्पा - जिल्लाकाे माथागढी गाउपालिका वडा न १ चिदीपानी वडा कार्यालयको आयोजनामा सर्बपक्षिय बैठक सम्पन्न भएको छ । वार्षिक नीति,कार्यक्रम,बजेट,योजना तर्जुमाको सुझाव सङ्कलनका लागि सर्वपक्षीय,सर्वदलीय बैठक बसेको हो । अहिलेको नीति कार्यक्रममा कृषि,पशुपालन,शिक्षा र स्वास्थ क्षेत्र प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै ब्यक्ति भन्दा समुह केन्द्रित सेवा प्रवाह हुनुपर्ने सहभागीले सुझाव दिएका थिए ।कार्यक्रममा नेपाली काङ्ग्रेसको प्रतिनिधि माधब काफ्ले नेकपा एमालेका प्रतिनिधि राम प्रसाद तिमिल्सिना,विभिन्न टोल बाट आएका अगुवा समाजसेवीहरुले भनाइ राख्नुभएको थियो। चालु आर्थिक वर्षमा नयाँ जनप्रतिनिधि आएपछि चिदीपानी विकासका नमुना कामहरु पुल ,सडक, भवन, विद्यालय लगायतकाे कामहरु भएकाेमा जनप्रतिनिधिहरुलाइ स्थानीयले धन्यवाद समेत दिएका थिए । छलफलमा निति गत रुपमै विभिन्न योजनाहरुलाइ विशेष प्राथमिकता दिने वडाको स्पष्ट निति रहेको वडा अध्यक्ष राजकुमार पन्थीले स्पष्ट पार्नुभएको थियो।जसमा तिन सडक आगामी योजनामा बधवारी बुढीकोट-भुटुके जाउपोखरा सडक,बिरुटा धैरेनी रुमलडाडा बिहादीधाम सडक,अगाखोला चिदीपानी फेदी झडेवा सडक,खानेपानीमा जाउपोखरा लिफ्टखापा,फोक्यामगैरा ढाक्रेबास बनकट्टा बधवारी खापा,बिहादी अगाखोला खापा सिंचाइमा बृहत माडी सिंचाइ र अगाखोला क्षेत्रको सिंचाइ शिक्षामा चिदीपानीका सबै विद्यालय रङ्गरोगन घेराबार,तालिम विशेष प्राथमिकतामा रहेको उल्लेख गर्दै टोल बस्तीबाट आएका योजना हरुनै प्राथमिकका आधारमा क्रमिक रुपमा योजनाको समाबेश गरिने बताउनुभयो। कार्यक्रममा बिष्णु कुमार आचार्य पुर्ण ब सारु,प्रेम ब गाहा,हरी ब सारु,सरिता दर्लामी टुक ब दर्लामी, केस बहादुर सिङ्जाली,लिलाम्बर गाहा,केहर सिंह सारु, देउ बहादुर कवर, झमन गाहा, मोहन आले हरी बहादुर थापा लगायतले टोल बस्तीकाे समस्या समाबेश गर्नुपर्ने नीतिको बारेमा सुझाव दिनुभएको थियो। कार्यापालिका सदस्य तुल्सा न्यौपाने,वडा सदस्यहरु डुकुल गाहा,टोल ब मश्राङ्गी,लिला बिकको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष राजकुमार पन्थीले गर्नुभएको जसको स्वागत तुल्सा न्यौपाने सन्चालन वडा सचिव राजु ज्ञवालीले गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update