सहकारी क्षेत्रलाई थप व्यवस्थापन गर्न र यसलाई उद्यमशीलता संग जोडेर सामाजिक आर्थिक प्रभाव विस्तार गर्न अव सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय त्रिभुवन विश्व विद्यालय व्यवस्थापन विभाग र राष्ट्रिय सहकारी महासंघका पदाधिकारीहरु वीचको छलफलले सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन गर्न अवश्यक गृहकार्य गर्ने क्रममा सो कुरा वताइएको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी अभियान लाइ थप व्यवस्थित बनाउन अव सहकारीका मूल्य मान्यता राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास र यसका विविध आयामवारे स्नातकोत्तर कक्षा संचालन गरिने र आगामी दिनहरुमा क्रमश यो कोर्ष उत्तीर्ण गरेका व्यक्तिहरुमात्र सहकारी संस्थाका संचालक र कर्मचारी वन्न पाइने व्यवस्था मिलाइने कुरा बताएका छन् । यसले सहकारी क्षेत्रलाइ व्यवस्थित वनाउन सहयोग पुग्ने र सहकारी क्षेत्र उद्यमशीलता तथा रोजगारी संग जोडिने कुरा वताए । अव शीघ्र सरोकारवालाहरुसंग थप छलफल गरि यसलाई आवश्यक प्रक्रियामा लगिने कुरा उलने बताए ।
त्रिभुवन विश्व विद्यालय व्यवस्थापन विभागका प्रमुख भवानी आचार्यले सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालनका लागि आवश्यक पाठ्यक्रम तयार भैसकेको र यो कक्षा संचालन गर्न त्रिभुवन विश्व विद्यालय व्यवस्थापन विभाग तत्पर रहेको वताए । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहकारी महाशाखा प्रमुख निराजन घिमिरेले सहकारी विषयको कक्षा संचालनले सहकारी क्षेत्रलाइ थप आकर्षण बनाउन सकिने वताए ।
राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा सुव्बाले सहकारी अभियानलाई सफल बनाउन सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम आवश्यक रहेको र यस विषयमा त्रिभुवन विश्व विद्यालय व्यवस्थापन विभागको तत्परता प्रशंसनीय रहेको वताइन । यसमा सहकारी अभियानको सकारात्मक सहयोग रहने कुरा उनले बताइन ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८० १४:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय