Erani Mahal
पाल्पाको हुँगीमा भारतीय अवैधानिक युरिया मल सहित ट्रक पक्राउ
मल
पाल्पा – जिल्लाको रम्भा गाउँपालिका वडा नं. १ हुँगीमा अवैधानिक युरिया मल सहित ट्रक पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको जनउर्वरक परियोजना भारत लेखिएको विल भरपाई र पास नभएको ३ सय ७२ बोरा युरिया मल प्रहरीले खानतलासीको क्रममा बरामत गरेको हो । चेकिङ डियूटिमा रहेकाे हुँगी प्रहरीले नवलपरासीबाट पाल्पा आउँदै गरेकाे ट्रकमा प्रहरी खानतलासीको क्रममा लु २ ख ३८१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा अवैध मल भेटिएको र मल, ट्रक सहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update