Erani Mahal
पाल्पाका स्थानीय तह मध्ये तानसेनमा धेरै बजेट (सूचि सहित) !
Tansenbazar
पाल्पा – पाल्पा जिल्लाको सबैभन्दा धेरै बजेट तानसेन नगरपालिकामा ६९ करोड २० लाख परेको छ । तिनाउँ गाउँपालिकामा अन्य पालिकाकाे तुलनामा कम ३२ करोड ६० लाख विनियोजित भएको छ । तथ्यांकगत हिसावले हेर्दा पाल्पामा तानसेन बढी र तिनाउमा कम बजेट परेको छ । जिल्लामा आ.व. २०८०÷०८१ का लागि केन्द्रीय सरकारबाट अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत चार अर्व १६ करोड ४५ लाख बरावरको बजेट विनियोजन भएको हो । अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको संघीय बजेटमा समानिकरण अनुदानमा १ अर्व १ करोड,ससर्त अनुदान चालु र पूँजीगतखर्च तर्फ २ अर्व ९५ करोड, विशेष अनुदान चालु र पूजीगतमा ११ करोड ५० लाख विनियोजित भएको छ । यस्तै समपुरक अनुदानमा ८ करोड ५ लाख गरी जम्मा ४ अर्व १६ करोड ४५ लाख विनियोजन भएको छ । पाल्पा जिल्लाको सबैभन्दा बढी बजेट तानसेन नगरपालिकामा ६९ करोड २० लाख, रामपुर नगरपालिकामा ४७ करोड ७७ लाख, रैनादेवी छहरामा ४७ करोड ७२ लाख बजेट विनियोजन भएको छ । यस्तैगरेर तिनाउँ गाउँपालिकामा ३२ करोड ६० लाख, निस्दीमा ४० करोड २० लाख, पूर्वखोला ३३ करोड ८ लाख, बगानासकालीमा ३५ करोड ४५ लाख, माथागढीमा ३९ करोड ४२ लाख, रम्भामा ३४ करोड ४९ लाख र रिब्दीकोटमा ३६ करोड ५२ लाख रुपैंया विनियोजन भएको छ । यस वर्ष पाल्पा जिल्लामा सबैभन्दा बढी तानसेन र कम तिनाउँ गाउँपालिकामा बजेट परेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update