Erani Mahal
पाल्पामा स्वीकृतिविनै भित्तेपात्रो छपाई तथा वितरण, सरकारी निकायबाटै उल्लंघन
348383300_280022491127216_8448846363717733100_n
पाल्पा – पाल्पाका विभिन्न संघसंस्थाले स्वीकृतिविना नै भित्तेपात्रो छापेका छन् । पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिएर मात्र भित्तेपात्रो छाप्नुपर्ने प्रावधान छ । यो प्रावधानलाई पाल्पाका धेरैजसो संघसंस्थाले उल्लङ्घन गरेका छन् । यतिसम्म की सरकारी निकायले निर्णय गरेको कार्यान्वयन गर्ने निकाय संलग्न संस्थाहरूले समेत पन्चाङ्ग निर्णायक समितिको स्वीकृतिविना नै भित्तेपात्रो प्रकाशन गरेका छन् । जिल्लामा विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको संघसंस्थाले नै स्वीकृतिविना नै पात्रो प्रकाशन गरेका छन् । यसले जिल्लामा अबैध पात्रो प्रकाशन गर्नेको संख्या बढाएको छ । पाल्पाका अधिकांश संस्थाहरूले समितिको स्वीकृतिविना नै भित्तेपात्रो प्रकाशन गरेर वितरण गरेको पाइएको गुनासो छ । संघसंस्थाले २ हजार, ५ हजार, व्यवसायिक संस्थाले १० हजार रूपियाँ राजश्व तिरेर पात्राे प्रकाशनकाे स्वीकृति लिनुपर्ने प्रावधान छ । पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति लिनुपछि आफूले स्वीकृति लिएको प्रमाणसहित भित्तेपात्रोको देखिने स्थानमा प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर समितिको त्यो प्रावधान कार्यान्वयन हुन नसकेको तानसेनका स्थानीय बासिन्दा सन्जीवलाल शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाल्पाका अधिकांश फर्म तथा संस्थाहरूले स्वीकृतिविना नै भित्तेपात्रो प्रकाशन गरेका पाइएको छ, कसले कारबाही गर्ने हो ?’ यहाँका सहकारी कर्मचारी आबद्ध संघसंस्था, अन्य सरकारी संस्था, विद्यालय, व्यावसायिक फर्म, सम्पर्क मञ्च, संचार संस्थाका नाममा भित्तेपात्रो प्रकाशन भएका छन् । ती प्रकाशनमा स्थानीय तहहरूले सूचना तथा सन्देश समेत प्रकाशन गरेका छन् । कतिपय दर्ता विनाका अबैध सम्पर्क मन्च, सङ्घसंस्थाले भित्तेपत्रिका प्रकाशन गरेर सरकारी निकाय र स्थानीय तहबाट मोटो रकम भुक्तानी लिएका छन् । तर त्यसको प्रभावकारी अनुगमन र कारबाही हुन सकेको छैन । पाल्पाका कतिपय पालिकाबाट आफ्ना नजिकका मान्छेबाट प्रकाशन भएका अबैध क्यालेन्डरलाई समेत भुक्तानी भएको छ । पन्चाङ्ग निर्णायक समितिको स्वीकृति पनि नलिएका र प्यान तथा संस्था समेत दर्ता नभएका प्रकाशनलाई भुक्तानी दिइएको छ । पन्चाङ्ग निर्णायक समितिको स्वीकृतिविना प्रकाशन भएका भित्तेपात्रोको अनुगमन गर्न प्रशासनलाई जिम्मेवारी तोकिएको छ । प्रशासनले समेत प्रभावकारी रुपमा अनुगमन र कारबाही गरेको छैन । पाल्पामा हालसम्म त्यस्तो प्रकाशन भएको बारेमा जानकारी नपाएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिविना भित्तेपात्रो प्रकाशन भएको जानकारी आएको छैन, केही समूहलाई स्वीकृति लिनुपर्छ भन्ने भनेको छु ।’ हेर्नुहाेस् पचांग निर्णायक समितिकाे सूचना :
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update