Erani Mahal
पाल्पाकाे रामपुरमा अनुदानकाे मल एग्राेभेटलाई बिक्री
Garva Abstha
पाल्पा – रामपुरको हराभरा कृषि सहकारीले अनुदानको मल एग्रोभेट पसललाई मल बिक्री गरेको छ । रामपुर–७, को हराभरा कृषि सहकारी संस्थाले किसानका लागि अनुदानमा प्राप्त मल एग्रोभेटलाई बिक्री गरेको हो । नेपाल सरकारले किसानलाई अनुदानमा दिएको मल सहकारी मार्फत किसानलाई वितरण गर्नुपर्नेमा फरक जिल्लाको एग्रोभेटलाई मल बिक्री गरेको पाइएको हो । सहकारी संस्थाले वालिङ भकुण्डेको गरिमा एग्रोलाई मल बिक्री गरेर लादै गरेको बेलामा मलसहित गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सहकारी मार्फत प्रतिबोरा एक हजार ५० रुपियाँका दरले बिक्री गरेको बिल सहित मल बरामद गरिएको वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख इकवाल हवारीले जानकारी दिनुभयो । बरामद गरिएको मल रामपुर नै फिर्ता गरिएको हवारीले जानकारी दिनुभयो । उहाँका अनुसार गैरकानुनी रुपमा ल्याएको ४० बोरा मल नगरपालिकामा फिर्ता पठाइएको छ । रामपुर नगरपालिकाले हरभरा कृषि सहकारीलाई २०० बोरा मल उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेले बताउनुभयो । नगरपालिकाले ढुवानी जोडेर प्रतिबोरा एक रुपियाँ मात्र नाफा लिएर किसानलाई बेच्न सहकारीलाई भनेको छ । रामपुर नगरपालिकाले नगरभित्रका सहकारीलाई पटक–पटक गरी पछिल्लो समय एक हजार १०० बोरा मल अनुदानमा उपलब्ध गराएको थियो । हराभरा कृषि सहकारी सस्थाका अध्यक्ष गितादेवी भट्टराईउपाध्ययले सहकारीका सदस्यबाटै चलेको पसलबाट किसानलाई मल बिक्री गर्दै आएकोमा वालिङ पुगेको विषयले आफू अचम्ममा परेको बताउनुभयाे ।
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update