तानसेन - पाल्पामा जारी कर्णेल उजिरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा फोर ब्रदर्श फुटबल क्लब पश्चिम नवलपरासी विजयी भएको छ । विजयी नवलपरासीले पाल्पा–११ लाई १–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
तानसेनको टुँडिखेलमा भएको खेलमा फोर ब्रदर्शका कृपा चौधरीले दोस्रो हाफको ६९ औ मिनेटमा गरेको गोल नै निर्णायक भयो । पहिलो हाफमा दुवै पक्षबाट गोल हुन सकेको थिएन । शुक्रबारको खेलमा म्यान अफ द म्याच फोर ब्रदर्श पश्चिम नवलपरासीका मेन फिल्डर एलिस मगर भए । उनले नगद ३ हजार पाएका छन् ।
शनिबार होराइजन फुटबल क्लब वालिङ स्याङ्जा र २८ बिघा पूर्व नवलपरासीबीच दोस्रो क्वार्टर फाइनलको खेल हुने छ । आयोजक पाल्पा जिल्ला फुटबल सङ्घका महासचिव सुजन थापाले खेल जेठ २७ गतेसम्म चल्ने जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० २१:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय