पाल्पा - कर्णेल उजिरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ अन्तर्गत बिहीबारको खेलमा स्वयम्भु युथ क्लब काठमाडौ विजयी बनेकाे छ । काठमाडाैँले विष्णु पादुका युथ क्लब पोखरालाई २–१ गोलले पराजित गरेको हाे ।
जेठ १५ गतेदेखि तानसेनकाे टुँडिखेलमा जारी खेलमा काठमाडाैँ स्वयम्भुका उत्तम शाहीले दुबै गोल गरेर टिमलाई बिजयी बनाए । खेल सुरु भएको २८ औ मिनेटमा उत्तमले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए । पहिलो हाफमै शाहीले पुनः ४१ मिनेटमा अर्को गोल थपेर टिमलाई बलियो स्थितिमा पुर्याए । दोस्रो हाफमा आक्रामक खेलेको विष्णु पादुकाले ६१ औ मिनेटमा सान्तवना गोल गरेर २–१ को नतिजामा पु-याए । दुई गोल गरेर म्यान अफ द म्याच स्वयम्भुका उत्तम भए । उनले नगद ३ हजार पाए ।
शुक्रबार पाल्पा ११ र फोर ब्रदर्श फुटबल क्लब पश्चिम नवलपरासी बीच क्वार्टर फाइनल खेल हुने आयोजक पाल्पा जिल्ला फुटबल संघले जनाएको छ । स्वयम्भु २२ गते नेपाली सेनाको दि फेमस महिन्द्र दल गण पाल्पासंग खेल्ने रेफ्री संयोजक विमल जीसीले जानकारी दिनुभयाे । जेठ २७ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैया“, पाल्पाली करुवा ट्रफी, मेडल पाउने आयोजक पाल्पा फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले बताउनुभयाे ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० २१:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय