Erani Mahal
नतिजा सुधारका लागि शैक्षिक अन्तरक्रिया
palpa nepal
तानसेन – जिल्ला शिक्षा समिति र शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा शैक्षिक अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्य समितिका प्रमुख तथा शिक्षा समितिका अध्यक्ष टंकनाथ खनालले शिक्षा क्षेत्रलाई सुधार गर्न अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो । कतिपय विद्यालयहरू आफ्नै मिहिनेतका कारण उत्कृष्ठ विद्यालय बनेकाे उहाँले बताउनुभयो । कार्यक्रममा पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले शिक्षकलाई परिचालन गरेर विद्यालय सुधार गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरेले सामुदायिक विद्यालयको समग्र अवस्था सुधार गर्न पालिकाहरू जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय पालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्न लागेपनि अधिकांश पालिका योजनाविनै अघि बढेको बताउनुभयो । पाल्पा जिल्लामा पछिल्लो तीन वर्षयता विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । यस्तै प्रावि, आधारभूत र मावि तहको नतिजा समेत खस्कदैँ गएको शिक्षा, विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाका कारण पाल्पाको नतिजा खस्केको छ भने विद्यालयहरूको समेत नियमित अनुगमन हुन सकेको छैन । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । केही पालिकाले दिवा खाजा, दुर्घटना विमा, स्थानीय पाठ्यक्रम जस्ता योजना अघि सारेको बताएका छन् । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले आफ्नो पालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्न दण्ड र सजायको व्यवस्था गरेको बताउनुभयो । कार्यक्रममा शिक्षा समितिका सदस्य राजेन्द्र विश्वकर्माले आगामी वर्षको बजेट बनाउने बेलामा पालिकाहरू शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउने हो, स्पष्ट हुन सुझाव दिनुभयो । शिक्षक महासंघका अध्यक्ष कृष्ण थापाले पालिकासँग मिलेर आफूले शिक्षा क्षेत्रलाई उत्साहित बनाउने कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक माेहनप्रसाद सापकाेटाले सीमित स्राेत र साधानका बावजुत विद्यालयले धेरै काम गरेकाे बताउनुभयाे । कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा लगाउतले पालिकाले गरेका शिक्षा क्षेत्रका कामका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा नेपाल शिक्षक संगठनका अध्यक्ष मोहनप्रसाद सापकोटा, नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मण बस्याल, अखिल नेपाल एकीकृत शिक्षक संगठनका अध्यक्ष बासु अर्याल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, शिक्षा समितिका सदस्य शुसिला श्रेष्ठ, अर्को सदस्य देवराज ढकाल, शिक्षा शाखाका प्रमुखहरूलगायतले आ–आफ्नो धारणा राख्नुभयो । जिल्लाको शिक्षा क्षेत्रलाई सुधार गर्न र आवश्यक पृष्ठपोषण प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको शिक्षा समितिले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update