पाल्पा - जिल्लाको माथागढी गाउँपालिकाको वार्षिक, नीति, कार्यक्रमको सम्बन्धमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका प्रमुख यम बहादुर चिदीले पालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा यस वर्षदेखि नविनतम कामहरु सुरुवात गर्ने बताउनुभयो ।
शिक्षाको शैक्षिक र गुणात्मक विकासमा शिक्षक र विद्यालयको प्रअको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको लागि नतिजा सुधार हुने गरेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष विष्णुमाया लुंचेले विद्यालयको विकास, स्वास्थ्यको विकाससँगै मानव विकासको सूचक समेत बढ्ने भएकाले त्यसको समुचित विकासतर्फ लाग्न सबैलाई निर्देशन दिनुभयो । उहाँले बजेट माग गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति बढेकाे भन्दै विकासमा राजनीति गर्न नहुने बताउनुभयाे ।
कार्यक्रममा पालिकाका विद्यालय, स्वास्थ्य संस्थाहरुले आफ्नो काम, राम्रा अभ्यास, समस्या, सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयको भौतिक, शैक्षिक र समग्र सुधारको लागि पालिकाले आगामि वर्षको बजेटमा समेट्नुपर्ने बताए ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीले पालिकाको शिक्षा र स्वास्थ्यको सुधार हुने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचनामात्रै ठूलो कुरा नभएको बताउँदै छाप्रोबाट सुरु गरेको विद्यालयले समेत उत्कृष्ठ नतिजा प्रर्दशन गरेको बताउँदै शैक्षिक गुणस्तर वृद्धि हुने खालको काम गर्नुपर्ने बताउनुभयो । पालिकाले प्राप्त सुझावलाइ आगामि वर्षकाे नीति कार्यक्रममा समेटेर बजेट बिनियाेजन गरेर सम्बाेधन गर्ने बताउनुभयाे ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख केशबबहादुर जिसी, शिक्षा शाखा प्रमुख प्रेम बह्रघरे, योजना अधिकृत नित्यानन्द खनाल, शिक्षा उपप्रमुख अमृत अधिकारी लगायतको सहभागिता रहेको थियो ।
स्वास्थ्य शाखा प्रमुख केशव बहादुर जिसीको स्वागत, योजना अधिकृत खनालको संचालनमा भएको कार्यक्रम सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीको अध्यक्षतामा भएको थियो । गाउँपालिकाले पहिलो पटक शिक्षा र स्वास्थ्य शाखाको कार्यक्रम राखेर छलफल गरेको थियो ।
कार्यक्रममा शौभाग्य माविका प्रअ कृष्ण प्रसाद खनाल, दिव्यज्योति माविका प्रअ लोकेन्द्र थापा, कर्णधार माविको सहप्रअ राजन अधिकारी, साहरादेवी आविका प्रअ भीम बहादुर थापा, ज्ञानोदय सहायक प्रअ शिक्षक मेनुका थापा, रत्न माविको प्रअ निरबहादुर सारु, किसान माविका सह प्रअ श्याम बहादुर ढेंगा, सातपोखरी माविका प्रअ दुर्गा प्रसाद काफ्ले, ग्रामोदय माविका प्रअ मिलन थापाले प्रस्तुतीकरण राख्नुभयो ।
हात्तिलुंग माविको प्रअ उमा थापा, सिद्धार्थ माविको सहप्रअ लिलबहादुर राना, धारादेवी माविका प्रअ केशव दर्लामी लगायतले प्रस्तुतिकरण राख्दै नीति निर्माणको लागि आवश्यक सुझाव तथा समस्याहरु दिनुभएको थियो ।
यस्तै स्वास्थ्य तर्फ रुप्से स्वास्थ्य चौकी सुनिता थापा, कसेनी स्वास्थ्य चौकी पविसरा चिदी, झडेवा स्वास्थ्य चौकीका लक्ष्मण गाहा, गोठादी स्वास्थ्य चौकीको गिता थापा, रहबास स्वास्थ्य चौकीका भीम बहादुर राना, बहादुरपुर स्वास्थ्य चौकीका प्रमुख तेज बहादुर कुमाल लगायतले स्वास्थ्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय