Erani Mahal
माथागढीका विद्यार्थीलाई आयुर्वेद शिक्षा
ads
विकाश काफ्ले, पाल्पा - पाल्पाको माथागढी गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गत रहेको चिदीपानी आयुर्वेद अौषधालयले विद्यालय आयुर्वेद स्वास्थ्य योग शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । पालिकाको सबै माद्यामिक विद्यालयमा पुगेर उक्त प्रशिक्षणमुलक शिक्षा दिन गरिएको हो । आयुर्वेद र योग शिक्षाको विषयमा विद्यार्थीहरुलाइ प्रशिक्षित पार्ने काम भैरहेको अौषधालय प्रमुख अमृत भण्डारी जानकारी दिनुभयो । विद्यालयमा पुगेर विद्यार्थीलाई आयुर्वेद र योगका फाइदा र आफ्नै क्षेत्रमा उत्पादित जडिबुटी प्रयोगका वारेमा उक्त कार्यक्रम केन्द्रित रहेको उहाँको भनाई छ । सचेतनामुक कार्यक्रममा विशेष गरि घरेलुु जडिबुटीलाई महत्त्व दिन विशेष जोड दिएको छ । स्वास्थ्यको लागि हितकर वैज्ञानिक रुपमा समेत फाइदा हुने जनाएको छ । जेठ २ गते बहादुरपुरको धारादेवी माबि ३ गते रहबासको सिद्धार्थ माबि ४ गते गोठादीको सातपोखरी माबि ५ गते हात्तीलुङ्गको हात्तीलुङ्ग माबि ७ गते झडेवाको किसान माबि ८ गते झडेवाकै रत्न माबि ९ गते चिदीपानीको सौभाग्य माबि ११ गते रूप्सेको कर्णधार माबि र कसेनीको दिव्यज्योति नमूना माबिलाई आयुर्वेद स्वास्थ्य र योग शिक्षाका विषयमा विद्यार्थीलाई स्वास्थ्य जानकारी दिएको थियोे । विद्यार्थीलाई स्वास्थ्य सम्बन्धि जानकारीमुलक प्रशिक्षण तथा तालिमले राम्रो हुने विद्यार्थीलाई योग आशानबाट हुने फाइदा र एलोपेथिक आयुर्वेद औसधि प्रयोग गर्दा स्वास्थ्यलाई हुने फाइदाका वारेमा वढि प्रशिक्षित पार्ने काम भएको सौभाग्य माध्यमिक बिद्यालय प्रधानाध्यापक कृष्णप्रसाद खनालको भनाइ रहेको छ । चिदीपानी आयुर्वेद अौषधालयको आयोजनामा माथागढी गाउँपालीकाका माध्यमिक विद्यालय स्तरिय आयुर्वेद स्वास्थ्य र योग शिक्षा र वाड/ वाडमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरि सम्पन्न गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update