पाल्पा - जिल्लाकाे रामपुर र पूर्वखाेलामा दुई जना पुरुषको मृत्यु भएको छ । जिल्लाको रामपुरका एक जना र पूर्वखोलाका एक जना गरी दुई जना पुरुषको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लाको रामपुर–५, भम्बक बस्ने ६८ वर्षका प्रेमलाल डोटेलको लडेर उपचारको क्रममा मृत्यु भएको छ । डोटेलले मापसे गरी घरमै लड्दा गम्भीर घाइते हुनुभएको थियो । उहाँको रामपुर अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
यस्तै जिल्लाको पूर्वखोला–५, वीरकोट बस्ने ७४ वर्षका हरिराम पुनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गत जेठ ३ गते घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते हुनुभएका पुनको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० २१:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय