Erani Mahal
माटाका भाँडा बिस्थापित : पाल्पामा परम्परागत पेशा छाड्दै कुमाल समुदाय
mato ko vada (1)
पाल्पा – बजारमा प्लास्टिकका भाँडा आएपछि माटोको भाँडा बनाउने कुमाल समुदाय आफ्नो परम्परात पेशाबाट बिस्थापित बनेका छन् । परम्परादेखि नै माटोको भाँडा बनाउदै आएका बगनासकाली चिर्तुङ्धाराका ५० घरका कुमाल समुदायले माटोको भाँडा बनाउन छाडेर अन्य पेशामा लागेका छन् । माटोको भाँडा बिक्री हुन छाडेपछि उनीहरू ज्यालामजदुरी, घर बनाउने काममा लागेका हुन् । परम्परादेखि नै माटाको भाँडा बनाउने पेशा गर्दै आएका कुमाल समुदायका सबैजसो मानिस आफ्नो परम्परागत पेशाबाट बिस्थापित बनेको स्थानीय बासिन्दाले बताएका छन् । बजारमा प्लास्टिकका भाँडा आएपछि कुमाल समुदायले माटाको भाँडा बनाउन छाडेको स्थानीय खुमबहादुर कुमालले बताउनुभयो । ‘माटोको भाँडा बिक्न छाड्यो उहाँले भन्नुभयो अन्य पेशा नगरी जीविको चलाउन सकिएन ।’ एक/डेढ दशकअघिसम्म यहाँका अधिकांश कुमाल समुदायले माटोको भाँडा बनाएर बिक्री गर्ने प्रचलन थियो । तर अहिले माटोको भाँडा बनाएर पनि बिक्न गाह्रो भएको उहाँले बताउनुभयो । भाँडा बनाए पनि अहिले प्लास्टिकका भाँडासँग प्रतिष्पर्धा गर्न गाह्रो रहेको कुमाल समुदायको भनाई छ । बजारमा सहज रुपमा प्लास्टिकका भाँडा पाएपछि कुमाल समुदायले बनाएका हाडी, मटिया, खुत्रुके, घैँटाआदि बिक्री हुन छाडेको बगनासकाली–१, घोरबन्दाका ओमबहादुर कु्मालले बताउनुभयो । ‘अब गाउँमा माटोको भाँडा बनाउने म एक्लै छु ओमबहादुरले भन्नुभयो अरु सबैले भाँडा बनाउन छाड्नुभयो ।’ पहिले भाँडा बनाएर जीविकोपार्जन गर्नेहरू सबै आफ्नो परम्परागत पेशाबाट बिस्थापित बनेको उहाँले बताउनुभयो । माटोको भाँडो बनाउन आवश्यक कच्चा पदार्थ कालो माटोको अभावले पनि माटोको भाँडा बनाउन धेरै गाह्रो भएको उनीहरूको बुझाई छ । बढ्दो आधुनिकता र प्लास्टिकका भाँडाको प्रयोगले माटोको भाँडा बनाउने पेशालाई व्यवसायिकीकरण गर्न नसकेको उनीहरू बताउँछन् । माटोको भाँडो बनाउने कामलाई कुनै पनि निकायबाट सहयोग नहुँदा पनि यो पेशालाई निरन्तरता दिन समस्या भएको स्थानीय कान्छी कुमालले बताउनुभयो । माटोको भाँडो बनाउन गाह्रो छ त्यसमाथि पालिकाको पनि कुनै सहयोग छैन उहाँले भन्नुभयो बरु माटोको काम गर्नुभन्दा मजदुरी गर्न सहज छ ।’
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update