Erani Mahal
पाल्पाकाे रम्भा गाउँपालिकासम्म पुग्ने पहुँच मार्ग वर्षाैदेखि अलपत्र
Sadak
पाल्पा – पाल्पाका अधिकांश पालिकाको केन्द्रसम्म पुग्ने पहुँच मार्ग निर्माणको काम अगाडि बढ्न सकेको छैन । स्थानीय तह बनेको ६ वर्ष बितिसक्दा समेत रम्भाको पालिकासम्म पुग्ने पहुँच मार्ग बन्न सकेको छैन । राजमार्ग तथा सहायक राजमार्गदेखि पालिकाको केन्द्रसम्म जोड्न पहुँच मार्ग बनाउन आवश्यक भएपनि स्थानीय तहका जनप्रतिनिधिको त्यसतर्फ ध्यान पुगेको छैन । पाल्पाको रम्भाले ६ वर्षमा पनि पहुँच मार्गको काम गर्न सकेको छैन । रम्भा गाउँपालिकाको हाल कार्यालय सिद्धार्थ राजमार्गदेखि झण्डै एक किलोमिटर दुरीमा छ तर झण्डै एक किलोमिटर पनि पालिकाले सडक राम्रो बनाउन सकेको छैन । केही वर्षअघि प्रदेश सरकारको लगानीमा फराकिलो बनेको सडक अहिले पनि अलपत्र छ । पालिकाले आफ्नै बजेट, समपूरक अनुदान वा विशेष अनुदानबाट सडक बनाउन सक्ने भएपनि पालिकाका नेतृत्वको त्यसतर्फ ध्यान नगएको स्थानीयको गुनासो छ । वर्षात्को समयमा पानी पर्ने बित्तिकै पालिकाको केन्द्रसम्म पुग्नै सकस रहेको छ । पाल्पाको रम्भा पालिकाले स्मार्ट गाउँपालिका बनाउने घोषणा समेत गरेको थियो । तर पालिकासम्म पुग्ने पहुँच मार्ग हालसम्म पनि अलपत्र अवस्थामा रहेको छ । पालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले भने सडक बनाउन आवश्यक पहल भइरहेको बताउनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update