तानसेन - पाल्पाको रैनादेवी छहरामा रुखबाट लडेर एक जना पुरुषको मंगलबार दिउँशो मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा लडेर घाइते भएका रैनादेवी छहरा–२, सर्देवाका ४७ वर्षीय डिलबहादुर बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको हो । उहाँको दुई दिनदेखि तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको थियो ।
दुई दिनअघि घाँस काट्न घर नजिकैको स्वामीको रुखमा चढ्नुभएका बुढाथोकी रुखबाट लडेर गम्भीर घाइते हुनुभएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय