Erani Mahal
६ वर्षमा पनि रम्भा र माथागढीकाे बनेन प्रशासकीय भवन, पूर्वखाेलाकाे बन्दै
palpa purbakhola (1)
तानसेन - पाल्पाका दुई स्थानीय तहहरूले पालिकाको भवन हालसम्म पनि बनाउन सकेका छैनन् । स्थानीय तह बनेको छ वर्ष बितिसक्दा पनि जिल्लाको रम्भा र माथागढी गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाउन सकेका छैनन् । रम्भा गाउँपालिकाको केन्द्र कहाँ बनाउने भन्ने विवाह हुँदा भवन बन्न सकेको छैन । पालिकाको केन्द्र बनाउने विषयमा अहिले पनि एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीच विवाद रहेको छ । केही जनप्रतिनिधिले पालिकाको केन्द्र ताहुँमा बनाउनुपर्ने बताउँदै आएका छन् भने केहीले हाल कार्यालय रहेको वडा नं. ३ को कार्यालय पीपलडाँडामा भवन बनाउनुपर्ने बताउँदै आएका छन् । पालिकाको केन्द्रबारे निर्णय हुन नसक्दा हालसम्म पनि रम्भामा पालिकाले भवन बनाउन सकेको छैन । [caption id="attachment_31199" align="alignnone" width="768"]
पूर्वखोला गाउँपालिकाले बनाउँदै गरेको प्रशासकीय भवन । [/caption] पालिकाको भवन बनाउने भन्ने छलफल चलेको भएपनि निर्णय हुन नसकेको पालिकाका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । हाल पालिका तत्कालिन पीपलडाँडा गाविसको कार्यालय र विद्यालयको भवनमा बस्दै आएको छ । माथागढी गाउँपालिकाले भवन बनाउने जग्गाको विषय टुङ्ग्याउन सकेको छैन । जग्गाको टुङ्गो नलाग्दा माथागढीले पालिकाको भवन बनाउन नसकेको जनाएको छ । एक वर्षअघि माथागढी–४, स्थित किसान माध्यमिक विद्यालयको जग्गामा भवन बनाउने टेण्डर भएपनि विद्यालयकाे जग्गामा भवन बनाउन नमिल्ने भएपछि भवन निर्माणकाे काम हुन नसकेकाे अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । जिल्लाका केही पालिकाले भने भवन निर्माणको काम सकेका छन् । रामपुर नगरपालिकाले नयाँ भवन निर्माण गरेर सकेको छ । यस्तै रैनादेवी छहरा, रिव्दीकोट, तिनाउले प्रशासकीय भवन बनाएका छन् । पूर्वखोला र निस्दी गाउँपालिकाले प्रशासकीय भवन बनाइरहेको बताएका छन् । भवन निर्माणको काम हालसम्म ७५ प्रतिशत सकिएको पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले जानकारी दिनुभयो । तस्बिर पनि छ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update