Erani Mahal
तानसेन–होलाङ्गदी–ढुङ्गाखानी वाइपास सडक एक महिना बन्द हुने
Sadak
पाल्पा– जिल्लाको तानसेनमा रहेको तानसेन–रिडी–तम्घास सडकखण्ड अन्तरगत होलाङ्गदी– ढुङ्गाखानी (वाइपास) सडक एक महिना बन्द हुने भएको छ । सडक पूर्वाधार विकास कार्यालयले यस खण्डमा मर्मत गर्नुपर्ने भएकाले २७ दिन बन्द हुने भएको जनाएको छ । उक्त सडक खण्डको धरमपानी माझखोलामा कजवे निर्माणका लागि गत शुक्रबारदेखि जेष्ठ ३२ गतेसम्म सडक बन्द हुने भएको कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ । सडक पूर्वाधार विकास कार्यालय पाल्पाका अनुसार उक्त स्थानमा डाइर्भसन निर्माणका लागि सवारी रोकेर काम गरिएको हो । कजवे निर्माण कार्य सुरु भएको हुँदा सवारी आवागमन बन्द गरिएको जनाएको छ । सवारी आगमन बन्द हुँदा यात्रुहरुले भने सास्ती पाउने भएका छन् यसबाट पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना समेत मागेको छ । सवारी बन्द रहेको अवधिमा डुम्रे– कुसुमखोलाको वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यमा सहयोग गर्न कार्यलय प्रमुख अरुण गुप्ताले बताउनुभयो । उहाँका अनुसार काम समयमै सम्पन्न गर्ने गरेर आवश्यक तयारी सहित निर्देशन समेत दिइएको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update