Erani Mahal
रामपुरमा विद्यालय उत्प्रेरणा तथा वार्षिक प्रगति सम्बन्धी दुई दिने कार्यशाला
rann
पाल्पा - रामपुर नगरपालिका वडा नं ४ पाल्पामा विद्यालय उत्प्रेरणा तथा वार्षिक प्रगति प्रतिवेदन सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको कार्यशालाको एक कार्यक्रम गरी शनिबार समापन गरिएको हो । रामपुर नगरपालिका ४ का वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्रि बिरबहादुर रानाको प्रमुख अतिथ्यतामा भएको थियो । प्रदेश सभा सदस्य रानाले शिक्षाको जिम्मेवारी ठुलो रहेको हुँदा विद्यार्थी र अभिभावकको मन जित्ने गरि शिक्षा दिन अनुरोध गर्दै समय अनुकसल शिक्षण विधि प्रयोग गरेर शिक्षण गरियो भने शिक्षण कार्य प्रभावकारी हुने बताउनुभयो । हिजो संरचना अभावमा पनि सामुदायिक विद्यालयमा विद्यार्थी चाप धेरै रहेको ईतिहास बताउदै अहिले प्रयाप्त पुर्वाधार हुँदा पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या अति न्यून रहेको बताउनुहुदै प्रदेश सभा सदस्य रानाले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन गुणस्तरीय शिक्षामा शिक्षकले जोड दिन अनुरोध गर्नुभएको छ । वडाध्यक्ष रानाले २०७९ जेठ ६ गते स्थानीय तहमा निर्वाचन भए पश्चात् पद बहाली भएको एकवर्ष पूरा भएको अवधिमा वडाले गरेका गतिविधिबारे जानकारी दिनुभएको थियो । एकवर्षको अवधिमा वडाले कृषि, शिक्षा, स्वास्थ्य, सडक पुर्वाधार लगायतका क्षेत्रमा जोड दिएर काम गरेको वडाध्यक्ष रानाले बताउँदै वडालाई नमुना वडा बनाउन सरोकारवाला निकायसंग समन्वय र सहकार्य गरेर अगाडि बढेको बताउनु भएको थियो । कार्यक्रमको अवसरमा विद्यालयलाई विभिन्न शैक्षिक सामग्री तथा कृषि समुहलाई कृषि सामग्री वितरण गरिएको थियो । एक वर्षको अवधिमा वडामा जन्मदर्ता १३३, विवाहदर्ता ४८, बसाइँसराइ आएको दर्ता १५, सम्बन्ध विच्छेद ८,मृत्युदर्ता ३०, नाता प्रमाणित ७५, आम्दानि प्रमाणित ३३, अन्य प्रमाणित ७३२, नागरिकता सिफारिस ३९१, नाबालक परिचयपत्र सिफारिस ६, चारकिल्ला प्रमाणित ११३, पेन्सन सम्बन्धि कागजात सिफारिस ११, जम्मा चलानि संख्या एक हजार ३६१, जम्मा दर्ता संख्या ५१ भएको छ । यस्तै राजश्व संकलनतर्फ कुल जम्मा रकम ३ लाख ९४ हजार ५३१, यश आर्थिक वर्षमा वडाका ५३ योजनामध्ये ३५ वटा सम्झौता, २२ वटा सम्पन्न, सम्पन्न हुने चरणमा रहेका योजना १३ वटा रहेको वडाध्यक्ष रानाले वार्षिक प्रतीवेदन मार्फत जानकारी गराउनु भएको थियो । दुई दिनसम्म चलेको विद्यालय उत्प्रेरणा कार्यक्रमको सहजिकरण राष्ट्रिय प्रशिक्षक दिपकनाथ घिमिरे र तिर्थराज बर्देवा र रामपुर नगर शिक्षा अधिकृत विकल काफ्लेले गर्नुभएको हो । कार्यक्रममा वडाभित्र रहेका पाँच विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शिक्षक कर्मचारी लगायतको सहभागीता रहेको थियोे । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति झमनराज मगर, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, राष्ट्रिय प्रशिक्षक तिर्थराज बर्देवा, रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटा, कालिका माविका शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर क्षेत्री, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सुशीला रेग्मी, पृथ्वी टेलिभिजनका स्टेसन प्रबन्धक कृष्ण पौडेल, सिताराम माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, कालिका माविका प्रधानाध्यापक मनिराज अधिकारी, मदरसा नुरुल हुदा आधारभुत विद्यालयका प्रधानाध्यापक अबुल कलाम मिया, लक्ष्मि आधारभुत विद्यालयका प्रधानाध्यापक नरबहादुर आले, मदरसा नुरुल हुदा अहले सुन्नत प्राथमिक विद्यालयका प्रधानाध्यापक नागेन्द्र काफ्ले लगायतले आफ्ना भनाइ राख्नु भएको छ । कार्यक्रममा सहभागीलाई वडा सदस्य मोहम्द अजिम शेखले धन्यवाद दिनु भएको थियो ।कार्यक्रम संचालन वडा सचिव सविता आलेले गर्नुभएको हो ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update