पाल्पा - पाल्पामै पहिलाे पटक पाल्पाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेष्ठ ४ गते देखि सवारी चालक अनुमति पत्रको नविकरण सेवा सुरु गरेको जनाएको छ ।
कार्यालयले सूचना जारी गरी सेवा सुरु भएको जनाएको गराएकाे हाे । तानसेन नगरपालिका ७ बतुंङ देवकाेटाचाेकमा रहेको सेवा कार्यालयमा नविकरणका लागि सक्कल नागरिकताको प्रमाण पत्र, सक्कल सवारी चालक अनुमति पत्रको प्रमाणपत्र र निरोगिताको प्रमाणपत्र आवश्यक पर्ने कार्यालय प्रमुख केशव सुनारले जारी गरेको सूचनामा उल्लेख छ
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० ०९:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय