Erani Mahal
सार्वजनिक यातायातकाे भाडा घट्याे कहाँ-कति सूचि सहित !
BL.final.2080.02.03अन्तर प्रदेश भाडादर
पाल्पा - सरकारले सार्वजनिक यातायातकाे भाडा घटाएकाे छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो । विभागले आज एक सूचना जारी गर्दै इन्धनको मूल्यका आधारमा स्वचालितरूपमा भाडा समायोजन गरिएको जनाएको छ । यात्रुवाहक सवारी साधनको भाडा तीन दशमलब २० प्रतिशतले घटाइएको उक्त सूचनामा उल्लेख गरिएको छ । यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा चार दशमलव १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा चार दशमलब ६५ प्रतिशतले भाडा घटेको जनाइएको छ । हेर्नुहोस् नयाँ भाडादर [pdf-embedder url="https://eranimahal.com/wp-content/uploads/2023/05/BL.final_.2080.02.03अन्तर-प्रदेश-भाडादर.pdf" title="BL.final.2080.02.03अन्तर प्रदेश भाडादर"]
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update